पर्वत, मंसिर २० ।यहाँ मोटरसाइकल रोकेर बामगठबन्धनका कार्यकर्ताले काँग्रेस कार्यकर्तामाथि आक्रमण गरेका छन् । मंगलबार साँझ ठुलीपोखरी हुदै कार्कीनेटा हिँडेका अर्जुन खनालमार्थि बाटोमा मोटरसाइकल रोकेर कुटपिट गरेका हुन ।
बाटोमा १०÷१२ जना मदिरा सेवन गरेर बसेका युवाले कुटपिट गरेको खनालले बताए । कुटपिटबाट घाइते खनालको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ । ‘यसलाई ठिक पार्नुपर्छ भन्दै बाइक रोकेर कुटे’ खनालले भने । उनको साथमा रहेको ९८ हजार पनि बाम कार्यकर्ताले लुटेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here