१८ मंसीर पर्वत
कूश्मा नगरपालिका वडा नं. ३ दुर्लुङ काफलचौर निवासी नारायण प्रसाद गूरुङको चौरासी पूजाको अवसरमा उहांले जयमा आमा समूहको भवन निर्माणका लागी चाहिने आवश्यक जग्गा दान गर्नु भएको छ । जग्गा दानको साथमा रु ५ लाखको देवनारायण अक्षयकोष समेत स्थापना गर्नु भएको छ । उक्त अक्षयकोषको सरक्षकमा नारायण प्रसाद गूरुङ र ल्याप्टेन देव गूरुङ रहनु भएको छ ।
उक्त अक्षयकोषले कुश्मा नगरपालिका वडा नं ३ मा सामाजिक तथा शैक्षिक क्षेत्रमा उत्कृष्ट कार्य गर्ने एक जना, पत्रकार महासघको सिफारीसमा पत्रकारीता क्षेत्रमा उल्लेखनिय योगदान पु-याउने एक जना, काफलचौर उच्च मा.वि मा कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने छात्रा छात्र एक,एक जना लाई सम्मान गर्ने ।
त्यसै गरि काफलचौर र सुर्य प्रकाश मा.वि.मा एस ई ई मा उत्कृष्ट अंक ल्याउने एक, एक जना छात्र छात्रालाई सम्मान गर्ने र पर्वत जिल्ला स्थित सवै सामूदायिक विद्यालयहरु मध्ये वाट एस ई ई परिक्षामा सर्वोत्कृष्ट अंक ल्याउने एक एक जना छात्र, छात्रालाई सम्मान गर्ने उद्धेश्यका साथ स्थापना गरिएको कूरा अक्षयकोषका संयोजक नारायण प्रसाद गूरुङका छोरा पृतम गूरुडले जानकारी दिनूभयो ।
सोहि अवसरमा एकलाख वरावरको तुलादान संकल्प गर्दै नारायण प्रसाद गूरुङले काफलचौर मा वि मा वन्दै गरेको भवनलाई रु २५ हजार र सुर्यप्रकाश मा.वि.लाई रु २५ हजार सहयोग गर्नुभएको छ ।
जयमा आमा समूह भवनको आईतवार शिल्यान्यास गर्दै कार्यक्रमका प्रमूख अतिथि कुश्मा नगरपालिकाका प्रमूख रामचन्द्र जोशीले मानिस एक दिन मरेर नै जाने हो तर वाच्ने वेला सम्ममा समाजका लागी केहि गरेर छाड्नू पर्दछ यस कूरालाई मनन गदैृ आज आप-नै चौरासी पूजाको अवसरमा जुन आमा समूहको भवन निर्माणका लागी जग्गा दान गर्नु भएको छ र साथमा रु पांच लाखको अक्षय कोष समेत जम्मा गर्नुभएको छ म उहांलाई उच्च सम्मान गर्न चाहन्छु । समाजमा उत्कृष्ट कार्य गर्नेहरुलाई सम्मान र प्रोत्साहन गर्ने उद्धेश्य राख्नू भएको छ यो सहनिय कार्य भएको वताउनू भयो । यस्ता कार्यहरु समाजका अन्य व्यक्तिहरुका लागी प्रेरणाको श्रोत वन्न सक्दछन् भन्दै समाज विकासका लागी उदाहरणीय कार्य गरेकोमा गूरुङ परिवारलाई धन्यवाद समेत ज्ञापन गर्नु भयो ।
उक्त आमा समूहको भवन निर्माणका लागी नारायण प्रसाद गूरुङको परिवार वाट रु ५० हजार, छोरी एक्का गुरुङ र नातीहरु विकास गुरुङ यूके वाट ५० हजार ५ सय छोरीहरु माया गुरुङ सूजामा गुरुङ,विन्दू गूरुङ वाट ५० हजार,हाल वेल्जियम निवासी वुहारी अम्विका गूरुङ प्रधान वाट ५० हजार,उहंका छोरी जूवाई सूकमाया गूरुङ वाट ५० हजार लेख वहादुर गूरुङ वाट २५ हजार लगायत समाजसेवीहरु वाट समेत सहयोग गर्ने वचनवद्धता भएको कूरा संयोजक पृतम गूरुङले जानकारी दिनुभयो ।
उक्त अवसरमा कूश्मा नगर पालिका वडा नं. ३ का वडा अध्यक्ष तेज प्रसाद पाध्या लगायतले शुभकामना व्यक्त गरेका थिए ।
जयमा आमा समहूका अध्यक्ष पदमसूभा गूरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक वालकृष्ण शर्माले र स्वागत आमा समूहका उपाध्यक्ष रत्न कूमारी गूरुङले गर्नुभएको थियो ।