१८ मंसीर

सुर्खेत ।  प्रतिनिधि सभा र प्रदेश सभाको यहि मंसिर २१ मा हुने दोसो्र चरणको निर्वाचन प्रचार प्रसारको अन्तिम दिन सोमबार नेपाली काँग्रेस सुर्खेतले जिल्लाका तीन स्थानमा भव्य आमसभा गरेर मतदातासमक्ष भोट माग्ने भएको छ ।

नेपाली काँग्रेस क्षेत्र नं १ सुर्खेतका प्रतिनिधि सभा सदस्य उमेदवार एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य पूर्ण बहादुर खड्का सहित प्रदेश सभा सदस्य (ख)का उम्मेद्वार झकबहादुर डाँगीले आफ्नो चुनावी क्षेत्रको प्रचारप्रसारको अन्तिम बृहद् आमसभा चिँगाड दराको ढाँड खेतमा गर्नेहुनेभएको छ ।

क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार  एवं नेपाली काँग्रेस केन्द्रीय सदस्य  हृदयराम थानी र प्रदेशसभा सदस्य (क) का उम्मेदवार कमलराज रेग्मीले सदरमुकाम वीरेन्द्रनगरको घण्टाघरमा आयोजना गरिने विशाल आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

चुनावीसभा गर्नुअघि वीरेन्द्रनगरको मङ्गलगढी चोकबाटन निस्कने र्‍यालीले वीरेन्द्रनगर वजारमा शक्ति प्रदर्शन गर्दै घण्टाघरमा पुगेर आमसभामा परिणत हुने कार्यक्रम तय गरिएको छ ।

त्यसैगरि क्षेत्र नं २ प्रदेश सभा सदस्य(ख)का उमेदवार एवं सूचना तथा सन्चार राज्यमन्त्री तप्तबहादुर विष्टले आफनो चुनावी कार्यक्रमलाई बाबिया चौरमा भव्य आमसभा गरेर सभापन गर्नुहुनेछ ।

भेरी उपत्यकाको विकासः खड्काको सपना 

प्रतिनिधि सभा सदस्य पदका लागि नेपाली कााँग्रेसका तर्फबाट सुर्खेतको क्षेत्र नं. १ का उम्मेदवार पूर्णबहादुर खड्काले सुर्खेतको भेरी उपत्यकालाई अबको १५ बर्षभित्र आधुनिक शहरका रुपमा विकास गरी जनतालाई सुम्पने आफ्नो योजना रहेको बताएका छन् ।

आइतबार मेहलकुनामा आयोजित क्षेत्र नं. १ सुर्खेतको बृहत चुनावी आमसभालाई सम्बोधन गर्दै खड्काले यस अघि २०७० को निर्वाचनका बेला भेरी वारीपारी रहेका वस्तीहरुलाई आधुनिक शहरका रुपमा विकास गर्ने भनेर आफूले गरेको प्रतिबद्धता अनुसार आवश्यक पूर्वाधार विकासका कार्यहरु भैरहेको बताए ।

आमसभालाई सम्बोधन गर्ने क्रममा काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका खड्काले सुर्खेतका विभिन्न क्षेत्रमा बाढीले कटान गरेका र बाढीले क्षति पुर्‍याउन सक्ने सम्भावित ठाउँहरुमा नदी नियन्त्रणको लागि ९६ करोड रुपैयाँको बजेट स्वीकृत गराएर आसन्न निर्वाचनका लागि आफू जनतासमक्ष भोट माग्न आएको स्पष्ट पारे। यस्तै धारापानीका प्रत्येक गाउँहरु छुनेगरि रिङरोड बनाउन रु ४० करोड छुट्याइएको समेत खड्काले बताए ।

२०७० सालमा जितेर गएपछि त्यसबेला आफूले गरेका बाचाहरु क्रमशः पूरा गर्दै गएकोले आसन्न निर्वाचनमा पनि जनताले नेपाली काँग्रेसलाई विजयी बनाउनेमा आफू विश्वस्त रहेको उनले बताए ।

सभामा प्रदेश सभा सदस्यका लागि क्षेत्र नं. १ (क) का उम्मेदवार टेकबहादुर सिंह, (ख) का उम्मेदवार झकबहादुर डाँगी, समानुपातिक उम्मेदवारहरु कृष्णा शाही, पार्वती गिरी लगायतले पनि विकासको निरन्तरताका लागि नेपाली काँग्रेसलाई जिताउन मतदातासंग अपिल गरे।

कार्यक्रममा काँग्रेसका क्षेत्रीय सभापति खड्क पोखरेल, जिल्ला कार्य समितिका कोषाध्यक्ष अनन्त पौडेल, सदस्य रामबहादुर सिंह, पूर्व सांसद् लालबहादुर घले, नेपाल महिला संघका जानकी सिंह, गुर्भाकोट नगरपालिकाका नगर सभापति हस्त पुनलगायत विभिन्न भातृ संगठनका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

थानी नगर मसिन्याउदै 

सुर्खेत क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेद्वाहृदयराम थानीले आफ्नो निर्वाचन क्षेत्रको एकसरो भ्रमण र घरदैलो कार्यक्रम सम्पन्न गरेर वीरेन्द्रनगर नगरपालिका क्षेत्रका मतहरुलाई पक्का गरिरहेका छन्।

आइतबार उनि वडा नं ९ खम्पा समुदाय र पिपल डाँडामा कोण सभा र घरदैलो कार्यक्रममा  सरिक भए।

उनले खम्पा समुदायको गुम्बा निर्माण गर्न १० लाख रुपैँया सहयोग गरेको र अबका दिनमा पनि बौद्ध सरोबर निर्माण गर्न आँफूले सक्दो सहयोग गर्ने बताउँदै निर्वाचनमा नेपाली काँग्रेसलाई जिताउन आग्रह गरे ।

घरदैलो कार्यक्रममा क्षेत्र नं २ (क) प्रदेश सभाका सदस्य उमेदवार कमलराज रेग्मीले  नेपाली काँग्रैसलाई जिताउन मतदातासँग अपिल गरे।

पश्चिम क्षेत्रमा राज्यमन्त्री विष्ट

यसैगरि क्षेत्र नं २ (ख) प्रदेशसभा सदस्य उमेदवार तप्तबहादुर विष्टले पनि चौकुने गाउँपालिकाका ८, ९ र १० का सुडाकाँडा, झकमके, मिलनचोक, किथौरे र चुम्ल्यामुलमा घरदैलो गर्दै चुनाबमा काँग्रेसलाई जिताएर पश्चिमको विकासमा तिब्रता दिन अपिल गरे ।

लेकवेसीमा डाँगी 

सुर्खेतको क्षेत्र नं. १ (ख) का प्रदेश सभा उम्मदेवार झकबहादुर डाँगीले आइतबार लेकबेसी नगरपालिकाको साटाखानि र लामिडाँडा नजिकका वस्तीमा घरदैलो कार्यक्रम  सम्पन्न गरे । हाम्राकूरावाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here