१७ मंसीर

पर्वत चुनाव प्रचार अभियानमा वाम गठबन्धनका उम्मेदवारलाई कुश्मा नगरपालिका १२ ठुलीपोखरी र १४ आर्थरका नागरिकहरुले  टीका लगाएर स्वागत गरेका छन् ।
वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदम गिरी र प्रदेशसभा क्षे त्र नं  १ क मा नेत्र अधिकारी उम्मेदवार बन्नुभएको  छ । चुनावी अभियान लिएर त्यहा पुगेका उम्मेदवारहरु द्धय गिरी र अधिकारी  संविधानमा भएका अधिकार कार्यान्वयन गर्दै  किसानहरुको  पक्षमा काम गर्ने  बाचा गरेका छन् ।

प्रतिनिधिसभाका उम्मेदवार गिरीले  आर्थर र ठुलीपोखरीलाई कृषि हबको  रुपमा विकास गर्दै  किसानहरुलाई प्रविधिसग जोड्ने  कार्यक्रम ल्याउने  प्रतिबद्धता ब्यक्त गर्नुभयो  । ‘ यी क्षेत्र उर्वर भूमि हुन , यहाँ ब्यावसायिक खेतीको  सम्भावना छ’– उहाले  भन्नुभयो

त्यस्तै प्रदेशसभा क्षे त्र नं १ क का उम्मेदबार नेत्र अधिकारीले पनि यस क्षेत्रका मदताताले गरेको मतदानको पक्षमा रहेर आफुले काम गर्ने बताउनुभयो ।

समानुपातिक उम्मेदवार बिजय गुरुङ र जुना नेपालि पनि सगै  चुनावी अभियानका क्रममा आयोजना गरिएका भेलामा सहभागी भएका थिए  । शनिवार मोदी गाउँपालिकाको भुकमा चुनाबी कार्यक्रम सकेर निस्कीएको टोली आर्थर, खौला लाकुरी हुदै ठुलीपोखरी मा चुनावी सभा सम्पन्न गरेका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here