१७ मंसिर

महानगरीय प्रहरीकाठमाडौं । महानगरीय प्रहरी बृत्त बालाजुले मोटरसाइकलको साइलेन्सर पाईपमा १७ किलो सुन बरामद गरेको छ ।

बृतले शनिबार साँझ बालाजु चोकमा चेकजाँच गर्दा बा.७९ प १५३८ नम्बरकाे हिरो एक्सट्रिम मोटरसाइकलको साइलेन्सरबाट बिस्कुट आकारको १७ किलो सुन बरामद गरेको प्रहरी उपरीक्षक डिआर जोशीले बताए ।

प्रहरीले सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–५ का हाल बौद्ध बेंसीगाँउ बस्ने वर्ष ३२ को छुल्टीम लामाको साथबाट ८ करोड ८ लाख ९४ हजार ५ सय रुपैयाँ बराबरको १७ किलो सुन बरामद लिएको हो । प्रहरी नायव उपरीक्षक विश्वराज खड्काको टोलीले गोप्य सूचााको आधारमा लामाको साथबाट उक्त परिमाणमा सुन बरामद गरेको हो ।

लामालाई चेकजाँच गर्दा साइलेन्सर पाइप असामान्य देखिएकाले साइलेन्सर पाईप काटेर हेर्दा फलामको चारपटे आकारको फल्स बटमा सुन बरामद गरेको प्रहरी नायव उपरीक्षक विश्वराज खड्काले बताए । लामाको साथबाट प्रहरीले नेपाली र चिनिया सिमसहितको दुईवटा मोबाइल सेट ६ सय १ चिनिया मुद्रा युयान बरामद गरेकोकाठमाडौं । महानगरीय प्रहरी बृत्त बालाजुले मोटरसाइकलको साइलेन्सर पाईपमा १७ किलो सुन बरामद गरेको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here