महेन्द्र जि.सी

१७ मंसीर ,पर्वत १८ वर्ष अघि टुकी बालेर पढेका वाम गठबन्धनका उमेदवारले नेपाली काँग्रेसले टाँगेको विजुलीको तार जडान गरेर मोवाईल चार्ज पछि फेसबुकमा १८ वर्ष सम्म के विकास भयो भनेर प्रतिकृया गर्नु विकास बादी सोच नभएको नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका उम्मेदवारअर्जुन प्रसाद जोशीले बताउनु भएको छ ।

कश्मा नगर पालिका १ खुर्कोटको घर दैलो अभियानलाई सम्बोधन गर्दै जोशीले आँफुले गरेको विकासको सुविधा उपभोग गरेर बाम गठबन्धनले विकासका हावा दारी गफ गर्नु जनतालाई झुक्याउनु रहेको बताउनु भएको छ । दुई हतियार धारी गठबन्धनले जनतालाई शान्ती र सुव्यवस्था दिलाउन नसक्ने बताउँदै जोशीले लोकतन्त्र, हिन्दु धर्म रक्षा र संविधानको कार्यान्वयनको लागि लोकतान्त्रीक गठबन्धनलाई विजयी गराउन अपिल गर्नुभयो । जोशीले नेपाली काँग्रेसको उमेदवारको तर्फ देखी १८ वर्ष सम्म गरेका विकास आयोजना पुर्ण गराउन पनि जनताले विजयी गराउने बताउनु भयो ।
खुर्कोटको साविक वडा नं ८ देस्थिान मन्दिरमा भएको कोण सभालाई सम्वोधन गर्दै खुर्कोट आपनै जन्मस्थान भएको,आपनै घर भएकाले यहांका जनताले मनभित्रे देखी माया गरेको स्मरण गर्दै अव पनि माया गर्न आग्रह गर्नु भयो । उहांलाइ उक्त स्थानमा जांदा मतदाताले भव्य स्वागत गरेका थिए ।
हिंसामा रहेका वामपार्टीहरु मिलेर देशमा शान्ती नहुने, जनतालाई मारेर धम्काएर लुटेर राजनीती गर्नेहरुलाई जनताको सेवक बन्न अपाच्य भएपछि पुन हिँशामा फर्कन बाम गठबन्धन बनेको जोशीले बताउनु भयो । त्यसैले लोकतन्त्र र धर्म रक्षाका लागि पनि नेपाली काँग्रेश र लोकतान्त्रीक गठबन्धन विजयी गराउन पाङ खुर्कोट बासीलाई जोशीले आग्रह गर्नुभयो ।
त्यसै गरि प्रदेश क १ का उम्मेदवार नवराज गूरुडले जनतालाई झुक्याएर जनताले बनाएको संविधान कमजोर गराउने खेल वामगठवन्धनले गरेको आरोप लगाउनूभयो । उहांले स्थानिय रुपमा पर्टीमा रहेर योगदान गर्ने स्वार्गियआत्माहरुको स्मरण गर्नुभयो । धर्म नमान्ने,आप-ना पूत्रको मृत्यू हदा समेत काजकृया नगर्ने वामगठवन्धनका नेता प्रचण्ड वाट के आशा गरेर उनिहरुलाई मतदान गर्ने भनि प्रश्न गर्नुभयो ।

खुर्कोटमा भएको चुनावी सभामा राप्रपाका समानुपातीक उमेदवार मान कुमारी गिरी, गंगे दमै लगायतले धारणा राख्नु भएको हो । नेपाली काँग्रेस वाडा कार्यायलमा गरेको कार्यक्रममा स्थानीयहरुको ठूलो सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here