१७ मंसीर
पर्वतको कुश्मा नगरपालिका १४ आर्थरमा एमालेका कार्यकर्ताहरुले काँग्रेसका प्रचार सामाग्रीहरु च्यातेर फालेपछि दुईपक्षका वीचमा भीडन्त भएको छ । शनिवार आर्थरको रयालेमा एमालेको कार्यक्रममा सहभागी हुन आएका कार्यकर्ताहरुले नेपाली काँग्रेसले टाँसेका प्रचार सामाग्रीहरु च्यातेर फालेपछि भीडन्त भएको हो ।

एमालेका कार्यकर्ताहरुले आफ्ना सामाग्री टाँस्दै काँग्रेसका सामाग्री फाल्दै हिँडेपछि काँग्रेसका कार्यकर्ताहरुले किन यस्तो गरेको भनेपछि एमालेका कार्यकर्ताहरु काँग्रेसमाथी जाईलागेका हुन् । एमालेका कार्यकर्ताहरुले निर्वाचन आयोगले टाँसेका सचेतनामुलक सामाग्री समेत च्यातेर आफ्ना पोष्टर टाँसेको स्थानीयले वताएका छन् ।
उग्र पारा देखाएपछि सहन नसकेर छलफल गर्न जाँदा एमालेका कार्यकर्ताहरुले काँग्रेसका कार्यकर्तालाई कुटपिट गरेको नेपाली काँग्रेस आर्थरका सभापति रुद्रमोहन रिमालले जानकारी दिए । एमालेका कार्यकर्ताहरु घर घरै पसेर काँग्रेसका कार्यकर्ताहरुलाई कुटपिट गरेपछि स्थितीलाई कार्किनेटा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here