१७ मंसीर
कञ्चनपुर,प्रदेश सरकारको कुरा गर्ने हो भने प्रदेश सरकार बनाउन यहाँ चाहिने सिट हामी ल्याउँदैछौ। कुल ५१ प्रदेश सभा मध्ये हामी आधार भन्दा वढी जित्दै छौ। समग्रमा भन्दा प्रदेशमा हाम्रो सरकार बन्छ । सवैभन्दा वढी सिट कैलाली कञ्चनपुरमा जित्छौँ । १६ सिट मध्ये कैलाली कंचनपुरमा ८ सिट छ। त्यहाँ काँग्रेस मजबुत छ ।
नेपाली काँग्रेसका प्रती जनताको अटुट विश्वास छ । नेपाली काँग्रेसले जे भन्छ त्यो गर्छ भन्ने कुरा स्थापित छ। नसक्ने कुरा भन्दैद्द भन्ने सबैका बीचमा छ। हामीले जे भन्छौ त्यो गरेका छौँ।
७ नम्वर प्रदेशमा मात्र नभएर देशव्यापी रुपमा हामीले जनताका बीचमा गरेका प्रतिवद्धता पुरा गरेका छौ। जतिवेला हामीलाई बहुमत चाहियो हामी संविधान दिन्छौ भन्यौ हामीले संविधान दिएका छौँ । काँग्रेसको पहलमा शान्ती आएको छ। म २००७ सालमा गइन २०३६ सालमा पनि गइन । तत्कालको पुस्ताले १० बर्ष यताको घटना त बुझेको छ ।
मुलुकको राष्ट्रिय राजनीतिमा काँग्रेसको जुन भुमिका छ त्यो भुमिका अरु राजनीतिक दलहरुको देखिएको छैन । लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्ने कार्यमा काँग्रेसको अभियान रहयो त्यसलाई पनि जनताले साथ दिएको छ। सुदुर पश्चिममा काँग्रेस जागे पछि काँग्रेस ठुलो पार्टी बने पछि नै यहाँ बिकासका गतिविधि अगाडी बढि रहेका छन्।
शेरबहादुर देउवा मन्त्री बन्नुअघी सुदुर पश्चिम कस्तो थियो भने कैलालीबाट कञ्चनपुर भारत हुदै जानु पर्थ्यो । कर्णालीमा राजमार्ग, डडेलधुरा देखी सुदुर पश्चिममका पहाडी बाटोहरु पुर्याउने पुर्वाधारहरु तयारी शेरबहादुर देउवा बलियो भए पछि भएको हो । पछिल्लो समय मैले भौतिक पुर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारी पाउँदा सुदुर पश्चिममा जुन बजेट आएको छ त्यहि बजेट २५-३० बर्षमा कहिल्यै आएको थिएन ।