१६ मंसीर

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेर बहादुर देउवाले अाजै कञ्चनपुरका तीन वटा निर्वाचन क्षेत्रका चुनावी सभालाई सम्बोधन गरेका छन् । उनले कांग्रेस कञ्चनपुरले आयोजना गरेको निर्वाचन क्षेत्र नम्बर १ को बेलौरी, २ को झलारी र ३ को महेन्द्रनगरकाे चुनावी सभालार्इ सम्बोधन गरेका हुन् ।

आफ्नो बिरासत जोगाउँन निर्वाचनकाे मुखमा कञ्चनपुर आएर चुनावी सभालाई सम्बोधन गरेको नेताहरुले बताए । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले कांग्रेसकै नेतृत्वमा नेपालमा लोकतन्त्र आएको बताए । उनले कांग्रेसकै नेतृत्वमा राणा, राजा फालेर प्रजातन्त्र, लोकतन्त्र र एक दशक लामो युद्ध अन्त्य भई गणतन्त्र आएको दावी गरे । उनले वाम गठबन्धनलाई पछार्दै कांग्रेसले बहुमत ल्याउने भविष्यवाणी गरे ।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ४ बाट पहिलो संविधानसभा निर्वाचन जितेका देउवाले प्रदेश र प्रतिनिधि सभा निर्वाचन आउँन ४ दिन मात्रै बाँकी रहदा जिल्लाका तीन चुनावी सभा सम्बोधनलाई राजनीतिक रुपमा चुनाव जित्ने रणनीतिका रुपमा हेरिएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here