१४ मंसीर

काठमाडौँ । सरकारले बम विस्फोटनमा परी निधन भएका म्यादी प्रहरी विनोद चौधरीका परिवारलाई राहतस्वरुप रु १० लाख दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री एवं गृहमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बालुवाटारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सो निर्णय गरेको गृहसचिव मोहनकृष्ण सापकोटाले जानकारी दिए ।

म्यादी प्रहरी चौधरी दाङको तुल्सीपुरमा सुरक्षामा खटिएका बेला मंगलबार विस्फोटमा घाइते भएको र उपचारका क्रममा उनको बुधबार निधन भएको हो ।

बैठकले निर्वाचन र शान्ति सुरक्षामा असर पार्न भएका बम विस्फोटन तथा आपराधिक गतिविधिलाई निस्तेज गर्न कानुनबमोजिम कडा कारबाही गर्ने निर्णय गरेको छ ।

साथै बैठकले त्यस्ता घटनामा परी घाइते भएका व्यक्तिको उपचार र सुरक्षाको समुचित व्यवस्था गर्ने निर्णय गरेको गृहसचिव सापकोटाले बताए ।

सरकारले निर्वाचनको सुरक्षा बिथोल्न खोज्ने समूहको तीव्रताका साथ अनुसन्धान गरी कानुनबमोजिम हदैसम्मको कारबाही गर्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here