१३ मंसीर

चितवन : काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको बस त्रिशूली नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । लु २ ख २९१ नम्बरको बस र वीरगञ्जबाट काठमाडौं जादैँ गरेको रड बोकेको ना ६ ख ४९७२ नम्बरको ट्रक आपसमा ठोक्किदा बस त्रिशुलीमा खसेको हो । पूर्णरुपमा त्रिशूलीमा डुबेको बसबाट हालसम्म २० जना घाइतेको उद्धार गरिएको छ । बसमा कति यात्रु थिए भन्ने खुलेको छैन ।

बस ५० मिटर तल खसेको थियो । इच्छाकामना गाउँपालिका– ३ चुम्लिङटारबाट बुधबार बिहान सवा नौ बजे त्रिशूली नदीमा खसेको हो । घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको विस्तृत विवरण केही बेरमा आउने प्रहरीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here