१३ मंसीर
नेपाली कांग्रेसले २१ मंसिरका दिन ४५ जिल्लामा हुने दोस्रो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि जिल्ला कमाण्डर खटाएको छ ।
कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिले २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ४५ जिल्लाहरुमा मंगलबार जिल्ला कमाण्डर तोकेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यसरी जिम्मेवारी दिंदा दोस्रो चरणमा प्रत्यक्ष उमेदवार नभएका अनुहारहरुलाईसंलग्न गराइएको कांग्रेसले बताएको छ । जस अनुसार इलाममा तारामान गुरुङ, झापामा केशव निरौला, तेह्रथुममा उत्तमप्रसाद चापागाई, धनकुटा बालकृष्ण थापा, मोरङमा खिलानाथ दाहाल, सुनसरी थलकुमार लिंखा, उदयपुर प्रेमध्वज लामा, सप्तरीमा चित्रलेखा यादव, सिरहामा महेन्द्रप्रसाद यादव, सिन्धुलीमा बालचन्द्र पौडेल, धनुषा बजरङ्ग नेपाली, महोत्तरी स्मृति नारायण चौधरीलाई जिल्ला कमाण्डर तोकेको हो ।
यसैगरी सर्लाहीमा रामचन्द्र तिवारी, काठमाडौंमा प्रेमवहादुर खडका, भक्तपुरमा कमला पन्त, ललितपुरमा डा.राजाराम कार्की, काभ्रे मा बहादुर सिंह (लामा) तामाङ, मकवानपुरमा जीवनप्रेम श्रेष्ठ, रौतहटमा गणेशचन्द्र तिमल्सिना, बारामा राजकृष्ण अमात्य, पर्सामाशोभाकर पराजुली र चितवनमा भीम ढुङ्गानाले जिल्ला कमाण्डरको जिम्मेवारी पाएका छन ।
यस्तै कास्कीमा तुलसीनारायण श्रेष्ठ, तनहुँ मा रामनाथ अधिकारी, स्याङजामा डा.नारायण चापागाई, गुल्मीमा डा.टकराज गुरुङ्ग, पाल्पामा चन्द्रवहादुर कुँवर, अर्घाखाँचीमा रेशम बाँनीया, नवलपरासी (पूर्व)मा किरण पौडेल, नवलपरासी (पश्चीम) प्रमोद शर्मा, रुपन्देहीमा अयोध्या यादव, कपिलवस्तुमा जयवहादुर टण्डन, पर्वतमणीभद्र शर्मा र प्यूठान बालकृष्ण पाण्डले कमाण्डरको भूमिका सम्हाल्ने छन ।
सल्यानको जिम्मेवारी जीत विक्रम मल्लले पाएका छन भने दाङमा डा धनेश्वर नेपाल जिल्ला कमाण्डर तोकिएका छन ।
यस्तै दैलेखमा कान्तीका सैजवाल, सुर्खेतमा धुर्व अधिकारी, बाँकेमा अब्दुल सतार, वर्दियामा उद्धव सिग्देल, अछाममा डा अक्कलदेव मिश्र, डोटीमा रिता शाही, कैलालीमा देवराज जोशी, डडेल्धुरा र कञ्चनपुरमा दिलेन्द्रप्रसाद वडुले जिम्मेवारी पाएका छन ।