१३ मंसीर

पोखरा। नेपाली कांग्रेस कास्कीले निर्वाचनलाई लक्षित गर्दै आज मंसिर १३ गते पोखरामा ‘विशाल चुनावी आमसभा’को आयोजना गर्ने भएको छ । आमसभाको तयारी भैरहेको कांग्रेस कास्कीले जनाएको छ ।

आमसभालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल,गगन थापा,धनराज गूरुड,उद्योगपति बिनोद चौधरी लगाएतले  सम्बोधन गर्ने कार्यक्रम रहेको कास्की कांग्रेसका कार्यवाहक सभापति सुदिपमोहन भट्टराईले जानकारी दिए । त्यस्तै आमसभामा कास्कीमा कांग्रेसबाट उम्मेदवारी दिएका प्रतिनीधि र प्रदेशसभातर्फका उम्मेदवारहरुले समेत सम्बोधन गर्नेछन् ।

आमसभामा कास्कीका तीन वटै क्षेत्रका सर्वसाधारणहरुको सहभागीता हुने नेपाली कांग्रेस कास्कीले जनाएको छ । ‘यो आमसभा चुनावलाई लक्षित गर्दै गर्न लागिएको हो । र, यसमा कास्कीका सबै क्षेत्रबाट सहभागीता हुनेछ ।’ भट्टराईले भने–‘निकै भव्य र हजारौँको संख्यामा सहभागीता हुने आमसभाको लागि तयारी निकै तिव्र पारिएको छ ।’

अमरसिंह चौरमा हुने आमसभामा ५० हजार भन्दा बढिको सहभागीता हुने कांग्रेस कास्कीको अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here