संजय रेग्मी
मङ्सीर १३, २०७४

पर्वत : पहिलो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचन गराउन उपल्लो मुस्ताङको छोसेरमा गएका एक कर्मचारीको चिसोका कारण मृत्यू भएको छ । जिल्ला निर्वाचन कार्यालय मुस्ताङका कर्मचारी महेन्द्र रेग्मीले टेलिफोन मार्पmत दिएको जानकारी अनुसार जिल्ला घरेलु तथा साना उद्योग बिकास समित मुस्ताङको उद्योग बिकास शाखामा कार्यरत कार्यालय सहयोगी ४५ वर्षिय लेखनाथ निउरेको मृत्यू भएको हो । अस्पताल स्रोतलाई उद्धृत गर्दै रेग्मीले बताए अनुसार चिसो र लेक लागेपछि छोसेरमा मा नै प्राथमिक उपचार गरेर थप उपचारको लागि जिल्ला अस्पताल, जोमसोममा भर्ना गरिएको भएपनि निउरेको मंगलबार मृत्यू भएको हो । उनी मुस्ताङकै चिसो मानिने उत्तरी कोरला नाकाको करिव १० किलोमिटर वर छोसेरको दिब्यदिप मतदान केन्द्रमा गोलाप्रथाद्धारा निर्वाचनको लागि खटिएका थिए । मतदानको २ दिन अघि उपल्लो मुस्ताङ पुगेका निउरेलाई मतदानको दिनमा नै लेक लागेर बिरामी परेका थिए । लेक र चिसोले छोईसक्दा पनि भौगोलिक बिकटताका कारण समयमै पर्याप्त उपचार नपाउँदा निउरेको मृत्यू भएको हो । बाग्लुङ घर भई हाल चितवनमा बसोबास गर्दे आएका मृतक निउरे २०६८ साल देखि उद्योग बिकास शाखा मुस्ताङमा कार्यालय सहयोगी भएर काम गर्दै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here