Election Commission staff and police personnel carrying ballot boxes after the first phase of parliamentary and provincial elections in Phidim Municipality, the headquarters of Panchthar district, on Monday, November 26, 2017. Photo: Skanda Gautam/THT

१२ मंसिर, बाजुरा । बाजुराको उत्तरी भेगमा रहेको पाण्डवगुफा गाउँपालिका–४ मा रहेको मालिका मावि बाङ्गपानी मतदान केन्द्रका मतदान अधिकृत प्रेमराज गिरी सोमबारदेखि सम्पर्कविहीन भएका छन् ।

बाजुराका प्रहरी निरीक्षक जगदीश भट्टले दिएको जानकारीअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको मतदान प्रक्रिया सकिएपछि मतदान केन्द्रबाट सदरमुकाम मार्तडी आउने क्रममा उनी बीच बाटोबाटै सम्पर्कविहीन भएका हुन् ।

सम्पर्कविहीन रहेका गिरी प्रधानमन्त्री आधुनिकीकरण जोन कार्यक्रमका कर्मचारी हुन् ।

प्रहरीले सम्पर्कविहीन गिरीको खोजी कार्य जारी राखे पनि फेला पार्न सकेको छैन । गिरी मदिराको कुलतमा फसेकाले मदिरा खाएर कतै बसेको हुन सक्ने अनुमान प्रहरीको छ ।

पोरखे लेकसम्म गिरी मतपेटिकासँगै रहेको भए पनि साँझ पर्न थालेपछि सम्पर्कविहीन भएको उनका सहयोगी कर्मचारीले बताएका छन् । गिरीको मतदान केन्द्रको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगे पनि मतपेटिका बुझाउन बाँकी रहेको हुँदा मुुख्य निर्वाचन अधिकृतको कार्यालय बाहिर अलपत्ररुपमा मतपेटिका राखिएका छन् । अनलाईनखवरवाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here