१२ मंसीर

काठमाडौं : चलचित्रसम्बन्धी एउटा छलफलमा नायिका ऋचा शर्माले दिएको अभिव्यक्ति र त्यसको प्रतिउत्तरमा ‘छक्का पञ्जा-२’ टिमले सार्वजनिक गरेको धारणाले अहिले सामाजिक सञ्जाल तातेको छ ।

अभिनेत्री शर्माले ‘छक्का पञ्जा २’ हेरेर ताली बजाउने दर्शकलाई ‘मूर्ख भन्नु’ भने पछि अहिले सामाजिक सञ्जालमा उनको आलोचना भएको छ ।

ऋचाको अभिव्यक्तिपछि चलचित्र ‘छक्का पञ्जा २’ का निर्माता, निर्देशक, कलाकारको टिमले ऋचालाई ‘गेट वेल सुन’ लेख्दै सामाजिक सञ्जालमा स्टाटस पोस्ट गरेका छन् । ‘तपाईंले दर्शकको मजाक उडाउनुभयो त्यसैले तपाईंका दर्शकले कहिल्यै फिल्म पाएनन् ।’

‘छक्का पञ्जा २’ दीपा श्री निरौलाले निर्देशन गरेकी हुन् । चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, स्वस्तिमा खड्का, स्वरूप पुरुष ढकाल शिवहरि पौडेल, बुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, वर्षा राउत, सरोज खनाललगायतका कलाकारले अभिनय गरेका छन् ।

दसैंबाट प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा २’ अहिले पनि देशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ । चलचित्र प्रदर्शनको ७५ दिन पुग्न लाग्दा आएको विवादले कुन रूप लिन्छ त्यो भने हेर्न बाँकी छ ।ऋचाले पनि सामाजिक सञ्जालमार्फत नै यसको जवाफ फर्काएकी छन् ।

फिल्ममा महिलामाथि दुव्र्र्यवहार गरिएका दृश्य आफूलाई मन नपरेको भन्दै उनले फेसबुकमा लेखेकी छन्, ‘म कलाकार हुँ, दर्शक हुँ र सँगै एक महिला पनि हुँ । फिल्ममा एक महिलालाई तारन्तार थप्पड हानेको दृश्यमा मैले ताली बजाउन सकिनँ । मेलै त्यही भनेकी हुँ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here