फलेवास । निर्वाचनको बेला उम्मेदवार मतदाताको घरमा पुगे भने, ठुला ठुला योजना, रोजगार, खानेपानी लगायतका अन्य थुपै योजना माग्छन् । तर, यहाँका स्थानियवासीले भने उम्मेदवार सँग विश्वास मागेका छन् ।

चुनावी अभियान लिएर मंगलवार फलेवास नगरपालिका वडा नम्बर ११ पाङराङ र विहादी गाउँपालिका १ वाच्छामा घरदैलो तथा मतदाता भेटघाट पुगेका प्रतिनिधी सभा ख का उम्मेदवार राजेन्द्रप्रसाद तिवारी सँग स्थायिय महिलाहरुलाई भ¥याङ बनाएर अगडी बढ्ने प्रवृतीका अन्त्य गर्न माग गरेका छन् ।

‘२०७० सालको निर्वाचनमा महिलाहरुलाई ठुला आश्वासन दिए, यो गछौ त्यो गछौ भने आखिर सिन्को भाँचेनन् पाङराङकी,’–सरिता पाठकले भनिन् । ‘पहिला त भोट हाल्नुहोस् हामी महिलाहरुका लागि उद्योग सञ्चालन गछौ  सिप मूलक तालिम दिन्छौ भने, अहिले जितेर यहि वाटो हिड्छन् तर, यो गाउँमा ५ बर्षमा १ पटक पनि टेकेनन्, ।’ पूर्व साँसद विकास लम्साल तर्फ लक्षित गदै उनले भनिन्– हामीलाई ठुला आश्वासन दिएर गएका नेता उनको पाँच बर्षमा एउटा राम्रो समाचार सुनिएनन् । तपाईले पनि त्यस्तै गर्नुहुन्छ कि ? उनले प्रश्न गरिन् ,।’ पाङराङकी सरिता जस्तै विहादी गाउँपालिका १ वाच्छामा अनिल क्षेत्रीको भनाई पनि त्यस्तै छ ।

‘निर्वाचनको बेलामा ठुला ठुला सपना देखाउने जितेर गएपछि वेवास्ता गर्ने परिपार्टीको अन्त्य होस् भन्ने चाहान्छु । २ बर्ष विदेश बसेर आएका क्षेत्रीलाई संविधान सभाको निर्वाचनमा ठुला सपना देखाईयो । तर , ’अहिले नयाँ भिजन भएको मान्छलाई भोट हाल्ने हो तर, यसलाई भोट हाल्छु भनेर हजुर सँग नभनौँ, उनले भने ।  हामी यस क्षेत्रको विकास चाहान्छौ, हाम्रो क्षेत्रको जस्ले विकास गर्छ उसलाई भोट हाल्ने हो । ‘वास्तवमा तपाईलाई भनौ लम्साललाई हेरियो अव तिवारीलाई हेर्न हो,’–उनले भने

र्ने मुल उदेश्य लिएर आफु उम्मेदवार वनेको वताउँदै तिवारीले एक पटक आफ्नो एजेण्डा पुरा गर्ने गरि जिताउन मतदातालाई आग्रह गरे । कसैलाई प्रलोभनमा पारेर र झुठा आस्वसन दिएर भोट नमाग्ने वताउँदै तिवारीले जिल्लावासीहरुको विश्वासमाथी ठेस नपुराउने उद्घोष गर्नुभयो । जितेर गएपछि जिल्लावासीहरुलाई नहेर्ने उम्मेदवारहरुवाट वाक्क परेका पर्वत क्षेत्र नम्बर २ का नागरिकहरुको असल सेवक वन्न जनताको भोट माग्न आएको उहाँले वताउनुभएको छ । जनताको आँखामा जे सपना छ आफ्नो आँखामा पनि त्यहि सपना रहेको चर्चा गर्दै उम्मेदवार तिवारीले जनतालाई समृद्धि दिने दोहोराउनुभएको छ ।

फलेवास नगरपालिकावाट अत्यधिक मत पाउने उहाँले विश्वास समेत व्यक्त गर्नुभएको छ । हिजोमात्रै २० जना यूवाहरु न्ेपाली काँग्रेसमा प्रवेश गरेका छन् । प्रवेश गरेका यूवाहरुले देशलाई निकाश दिने र अभिभाकत्व गर्ने पार्टि काँग्रेस नै रहेको र भोली पनी काँग्रेसले यूवाहरुका आवश्यकता पुरा गर्ने ठहर गर्दै काँग्रेसमा प्रवेश गरेको वताएका छन् ।

उक्त कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति खिमप्रसाद भुसाल,नेताहरु गंगाधर तिवारी, ऋषीकेश तिवारी गंगराज शर्मा, राधाकुमारी कुँवर क्षेत्री,कृष्ण शर्मा गौँडेल लगायतले पनि सम्बोधन गर्दै काँग्रेसको विजय सुनिश्चित रहेको वताउनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here