पर्वत १२ मंसिर । नेकपा एमालेका पोलिटव्यूरो सदस्य गणेश तिमिल्सिनाले मुलुकमा राजनतिक स्थायित्व र आर्थिक समृद्धिको लागि यस पटकको निर्वाचनमा बाम गठवन्धनको जीत अपरिहार्य रहेको बताउनुभएको छ ।

पर्वतको कुश्मा नगरपाालिका ८ चुवामा आयोजित युवा भेलालाई सम्वोधन गर्दै तिमिल्सिनाले संविधान कार्यान्वयन गर्न र नयाँ अभ्यास कायम गर्नका लागि प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन महत्वपूर्ण रहेको बताउँदै बाम गठवन्धनको बहुमत नआएमा मुलुक परिवर्तन नहुने समेत बताउनुभयो । वामपन्थीहरु जनताको बहुमत लिएर सरकार चलाउँछन, ढुक्क भएर सुर्य र हसिया हथौडामा मतदान गर्नुहोस् उहाँले भन्नुभयो ।

कार्यक्रममा राप्रपा वाट नवप्रवेसी इश्वर गिरी, माओवादीका केन्द्रिय सदस्य शंकर गिरी, हरिनारायण गिरी, युवा संघका जिल्ला उपाध्यक्ष थमनारायण शर्मा लगायतले बोलेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here