१२ मंसीर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान मन्त्रिपरिषद्मा सहभागिता जनाउने भनेर अन्तिम समयमा नाम काटिएका पर्वतका अर्जुन जोशी चौथो पटक चुनावी मैदानमा छन् ।

देउवा नेतृत्वको सरकारमा सहभागि गराउने भनिएपनि अन्तिममा उनको ठाउँमा धनुषाका समानुपातिक सांसद महेन्द्र दायव मन्त्री बने ।

सपथका लागि भनेर नयाँ कोट किनेपनि जोशी अन्तिममा खिन्न भए । २०५६ सालदेखि लगातार चुनाव जित्दै आएका जोशी चौथो पटक चुनावी प्रतिष्पर्धामा छन् ।

यसअघि पर्वतमा रहेका २ निर्वाचन क्षेत्रमध्ये जोशी १ बाट निर्वाचित हुँदै आएका थिए । गत संविधानसभा चुनावमा पर्वत २ मा एमालेका विकाश लम्साल विजयी भएका थिए ।

स्थानीय तहको निर्वाचनको मतसंख्याका हिसावले पर्वतमा वामपन्थी गठबन्धनको बाहुल्यता देखिन्छ । तर जोशी भने वामपन्थीको मत धेरै भएको हिसाव अमूर्त रहेको दावी गर्छन् ।

‘ढुङ्गा–मुडा या भेडा–बाख्राको पो गणना हुन सक्ला, मतदाताको हुँदैन’ जोशीले लोकान्तरसंग भने, ‘मतदाताको मनको गणना गर्न सकिदैन, पर्वत वासीको मन मनमा अर्जुन जोशी छ ।’
जोशीले पर्वतमा आफूले विकास निर्माणका थुप्रै काम गरेको बताए ।

पर्वतमा वामपन्थी गठबन्धनको तर्फबाट पदम गिरी उम्मेदवार छन् । प्रदेश सभातर्फ निवर्तमान सांसद विकास लम्साल उम्मेदवार छन् ।

‘जनताको मनमा बस्न सकेँ । जनताको सेवा गर्ने ढंग पुग्यो, तर नेताको सेवा गर्न नसक्दा मन्त्री पद गुम्यो’ जोशी भन्छन, ‘मैले मन्त्री पाउनु पथ्र्यो भन्ने कुरामा मलाई मत नहाल्ने मतदाताको पनि माग थियो ।’

 लोकान्तर वाट 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here