पर्वत । प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारहरुलाई बहुमतले जिताउन नेपाली काँग्रेस फलेवास नगरपालिका–४ मुडिकुवाले निर्वाचन परिचालन एंव प्रचारप्रसार समिति गठन गरेको छ । मुडिकुवामा आज बसेको क्रियाशिलहरुको भेलाले नेपाली काँग्रेस मुडिकुवाका सभापति पूर्णखर गौडेलको सभापतित्वमा १ सय ५१ सदस्यीय समिति गठन गरेको छ ।

समितिको सह–संयोजकमा एकनारायण सापकोटा र रघुनाथ गौडेललाई जिम्मेवारी दिईएको छ । त्यस्तै युवा परिचालन तथा प्रचारप्रसारका लागि नेपाल तरुण दल मुडिकुवाका अध्यक्ष दिनेश लामिछानेको मुल संयोजक रहने गरि साविकका नौ वटै वडामा चुनाव प्रचारप्रसार समिति गठन भएको छ ।

समितिले दिएको जानकारी अनुसार साविक १ मा फणिन्द्र रेग्मी,२ मा ज्ञानेश्वर गौडेल, ३ मा देववहादुर नेपाली,४ मा कल्पना गौडेल, ५ मा प्रकास तिवारी,६ मा अनिल सापकोटा,७ मा दयाराम तिवारी, ८ मा इन्द्र सापकोटा र ९ मा रामकृष्ण भुषाललाई जिम्मेवारी तोकेको नेपाल तरुण दल मुडिकुवाका अध्यक्ष दिनेश लामिछानेले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here