पर्वत । प्रतिनिधी र प्रदेस सभाको निर्वाचन मिति नजिकिदै गर्दा पर्वतमा विभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्नेहरुको लहर चलेको छ । मंगलवार कुश्मा नगरपालिका–३ स्थित दुर्लुङमा नेकपा एमाले परित्याग गरि दिलमाया पुन, हर्कवहादुर गुरुङ, प्रकास पिप्ला, सन्जु बस्याल, दिलीप बस्याल, बले बस्याल, रामवहादुर बस्याल, लालवहादुर गुरुङ र जनमुक्ति पार्टी परित्याग गरि सरला पुन, जगत पुन जगत पुजाृ, सुनम पुन, सागर पुन सहित ४७ जना कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।
एमाले र माओवादी सहितको गठबन्धनले युवाहरुलाई झुक्याउने मात्र काम गरेकाले युवाहरको भविष्य लोकतन्त्रीक गठबन्धनमा मात्र सम्भाव हुने भएकाले काँग्रेसमा प्रवेश गरेको युवाहरुले बताएका थिए । प्रवेश गर्ने युवाहरुले आफुहरु लोकतन्त्रको पक्षमा रहेको र लोकतन्त्रको लागि आफ्नो ज्यानको आहुती दिन पछि नहट्ने बताएका थिए ।
नव प्रवेशीहरुलाई नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधी सभाका उम्मेदवार अर्जुनप्रसाद जोशी र प्रदेश सभा कका उम्मेदवार नवराज गुरुङले पार्टी सदस्यता वितरण गदै स्वागत गरेका थिए । दुर्लुङमा भएको कोण सभालाई सम्वोधन गदै प्रतिनिधी सभाका उम्मेदवार जोशीले युवाहरुको एकताले मात्र हरेक पक्षको परिर्वतन गरी समाज विकास हुने बताउँदै काँग्रेसमा प्रवेश गर्नेहरुको लहर नै चलेको बताए ।
पर्वत काँग्रेसमा जनहलर बढेको देखेर विपक्षीहरु आत्तिएर मतदातामा भ्रम फैलाउँदै हिँडेकोे आरोप लगाउनु भयो । नेता जोशीले अहिलेको जनताले हार्ने कि जित्ने निर्वाचन भएकाले लोकतन्त्रको पक्षमा आउन मतदातालाई अपिल गर्नुभयो । उहाँले बामगठबन्धनले जिते मुलुकमा अधिनायकवाद आउनेमा कुनै शंका नरहेको दावी गर्नुभयो । यदि साँच्चै वामगठबनधनले जिते मुलुकमा ५० बर्ष निर्वाचन नहुने उहाँले ठोक्कुवा गर्नुभयो । नेता जोशीले दुर्लुङको विकासका लागि आफु अहरात्र खटेको बताउँदै आफ्ना काम देखाएर विपक्षले फाइदा लिन खोजेको आरोप लगाउनु भयो । प्रदेश सभा क का उम्मेदवार नवराज गुरुङले यस ठाउँको विकास सँगै समग्र पर्वत जिल्लाको विकासका लागि नेपाली काँग्रेसले जित्नुपर्ने धारण राख्नुभयो । उहाँले आफुल जितेमा पर्वत जिल्लाका मुख्य ग्रामिण सडकहरुको स्तरउन्नी गरि कालोपत्र गर्ने, गाउँ–गाउँमा रोजगारीका सम्भावना खोजी गरि बरोजगार युवाहरुलाई फिर्ता गर्ने बताउनु भयो ।
नेता गुरुङले पत्येक नगरपालिका र गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता आधारभुत कुराहरुलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो ।
कार्यक्रममा प्रतिनिधी सभाका समानुपातिक उम्मेदवार लालकाजी गुरुङ, नेपाली काँग्रेस पर्वतका सचिव विश्वप्रकास प्रसाई, राप्रपा नेपालका केन्द्रिय सदस्य इच्छावहादुर गुरुङ,राप्रपा प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य रणवहादुर क्षेत्री, नेपाल तरुण दलका केन्द्रिय कोषाध्यक्ष विद्धान गुरुङ,कुश्मा नगरपालिका मेयर रामचन्द्र जोशी, उप–मेयर सिताकुमारी काफ्ले लामिछाने, नेपाली काँग्रेस दुर्लुङका सभापति बालकृष्ण शर्मा, राप्रपा पर्वतका प्रवक्ता प्रभु गुरुङ, महिला प्रतिनिधी हिरा थापा, नेपाल दलित संघ पर्वतका उपाध्यक्ष धनीलाल वि.क लगायतले लोकतन्त्रको पक्षमा मतदान गर्ने आचह्वान गर्नुभयो थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here