पर्वत, मंसिर १०–लामो समयदेखि पर्वतको दक्षिण भेगले इमान्दार, जनतालाई सम्मान गर्ने, जनताको समस्या बुझेको र समस्या समाधान गर्नसक्ने, झुट नबोल्ने नेताको अभाव झेलिरहेको सन्दर्भमा पैंयूँ–६ का राजेन्द्रप्रसाद तिवारीले काँग्रेसबाट टिकट ल्याएपछि काँग्रेसमात्रै होइन, एमाले, माओबादी, राप्रपा र जनमोर्चाका कार्यकर्ता समेत उत्साहित भएका छन् । पर्वत–२ मा जसलाई जिताएपनि सधै कामै नगर्ने र ब्यक्तिगत स्वार्थमा मात्रै रुमलिएकै बेला पैंयूँमा स्वास्थ्य, शैक्षिक सुधारका साथै भुकम्पमा आफ्नो ब्यक्तिगत लगानीमा पनि जनताको दुःख आफ्नो पनि दुःख हो भनेर लागेका राजेन्द्रप्रसाद तिवारी प्रदेशसभातर्फ पर्वत ख बाट उममेदवार भएपछि पर्वत ख का बासिन्दा उत्साहित भएका छन् ।

२००७ सालमा राणाशासनका बिरुद्धसमेत हिँडेका र पर्वतमा नेपाली काँग्रेस स्थापनामा महत्वपूर्ण भूमिका खेलेका दुर्गाप्रसाद तिवारीका कान्छा छोरा राजेन्द्रप्रसाद तिवारी पर्वतको दक्षिण भेग सधै पछाडी परेको र यसपटक अवसर दिएमा राज्यबाट पाउने कुनैपनि सेवासुविधा नलिएरै जनताको सेवामा सर्मपित हुने घोषणा गरेर लागेका छन् । २०४६ सालदेखि नेपाली काँग्रेसमा सक्रिय भएर लागेका तिवारी हाल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि छन् । पार्टीमात्र नभएर सबै विचार अगाल्नेलाई उत्तिकै सम्मान र सहयोग गर्ने तिवारी मैदानमा आएपछि टकलाकदेखि कार्कीनेटा र मुडिकुवादेखि शालिग्रामसम्मका युवादेखि बृद्धबृद्धासम्म उत्साहित छन् ।

‘यसपटक पनि राजेन्द्रप्रसाद तिवारीलाई जिताउन सकिएन भने पर्वतको दक्षिण भेग २० औ बर्ष पछाडी पर्छ र सधै पश्चताप गरेरै बस्नुपर्छ’ जिल्लातहमा नेतृत्व गरेका एक एमाले नेताले भने–‘यसपटक एमाले भनेर हेर्ने होइन, खुरुक्क रुखमा भोट हाल्ने हो ।’

यस्तो अवस्थामा एउटा होनहार यूवा राजेन्द्र जस्को आखामा सपना छ मलाई जिताएमा राज्यले दिने सेवा सूविधा नलिई,प्राप्त सो सूविधा जनताको हितमा पारदर्शी तरीकाले नै खर्च गर्ने रातदिन जनताको सेवामा लाग्ने वताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here