१० मंसीर पर्वत कूश्मा नगरपालिका वडा नं। ५ खत्रीटोलमा डेरा गरि वस्ने अन्दाजी वर्ष २४ की प्रतिमा नेपालीले आपनै कोठामा सलको पासो लगाई झुण्डीएर आत्महत्या गरेकी छन् । अन्नपूर्ण गाउंपालिका वडा नं ५ घान्द्रुक स्थायि घर भई हाल खत्रीटोल डेरा गरि वस्ने प्रतिमा नेपालीले शुसाईट नोट लेखेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक लिलाराज गौतमले जानकारी दिए । आज अन्दाजी दिउसो ११ वजेको समयमा आत्म हत्या गरेको अनूमान गरिएको छ ।

घरभेटीको पूरानो घर वाग्लूड भएकाले आज भोट हाल्न वाग्लुड गएर झण्डै ६ वजे सांझ फर्के पछि कोठामा हेर्दा भित्र वाट चूक्कूल लगाएको र वोलाउदा नवोले पछि छिमेकी र प्रहरीको सहयोगमा कोठा खोली हेर्दा आत्महत्या गरेको थाहा भएको थियो । मृतकका पति प्रेम नेपाली वैदेशिक रोजगारका लागी कतारमा रहेका छन् ।

पहिलो पति संग संवन्ध विछोड भएपछि हाल दोश्रो विहेमा रहेकी प्रतिमाको विदेशमा रहेका पति संग टेलिफोनमा झगडा भईरहने गरेको कूरा घरभेटी कूमारी नेपालीले जानकारी गराईन,पटक पटक आत्महत्या गर्ने प्रयास गर्दा घरवेटीले नै सम्झाएर जोगाएको वताउदै आज घरमा कोहि नभएको मौका पारी आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयको टोलीले मृतकको पोष्टमार्टम गरी थप अनुसन्धान अगाडी वढाउने जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here