१० मंसिर काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समिति संयोजक बालकृष्ण खाँणले दोस्रो चरण अन्र्तर्गतको प्रतिनिधिसभा र प्रदेशसभाको प्रचार प्रसारलाई थप आक्रामक रुपमा लैजाने बताएका छन् ।

केन्द्रीय निर्वाचन प्रचार प्रसार समन्वय उपसमितिले आइतबार काठमाडौंको बानेश्वरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा खाँणले मंसिर २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर प्रचार–प्रसार समितिलाई थप आक्रामक रुपमा अघि बढाइने बताए ।

अन्तरक्रियामा सहभागी कांग्रेस निकट पूर्वप्रशासक, पूर्वराजदूत, कानुन व्यवसायी, प्राध्यापक, उद्योगी व्यवसायी, बैंकर्स, पत्रकारलगायतलाई उनले आ–आफ्नो प्रभाव क्षेत्रमा कांग्रेसको पक्षमा जनमत सिर्जना गर्न आग्रह गरे ।

अन्तरक्रियामा बोल्ने अधिकांशले नेतृत्वका कारण मतदाताहरुमा रहेको कांग्रेसप्रतिको बितृष्णा हटाउन केन्द्रीय निर्वाचन परिचालन समितिले ठोस कार्ययोजना अघि सार्नुपर्ने बताएका थिए ।

अन्तरक्रियामा पूर्वप्रशासक विमल कोइराला, पूर्व गृहसचिव टीकादत्त निरौला, पूर्व सचिव विश्वप्रकाश पण्डित, पूर्व गभर्नर दिपेन्द्र पुरुष ढकाल, पूर्व राजदूत डा। दुर्गेशमान सिंह, वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का, प्रोफेसरद्वय डा। पुष्कर बज्राचार्य र मधुरा कार्की, पूर्व उपकुलपति डा। खगेन्द्र भट्टराई, उद्योगी दीर्घमणि राजभण्डारी, इन्जिनियर हरिमान श्रेष्ठ, डा। शम्भुराम सिंखडा र पत्रकार तथा लेखक हरि अधिकारीले भनाइ राखेका थिए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here