तस्बीर : www.thahakhabar.com

संजय रेग्मी
मङ्सीर १०, २०७४

पर्वत : संघिय संरचना अन्तर्गत मुलुकर्म पहिलो पटक भएको प्रदेश तथा प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन म्यग्दीमा सौहार्द र उत्साहपूर्ण तरीकामा सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय मुस्ताङका निर्वाचन अधिकृत सिताराम शर्माका अनुसार मुस्ताङमा कुल ७१ दशमलब ८४ प्रतिशत मत खसेको छ । ९ हजार ४ सय २७ जना मतदाता रहेको मुस्ताङमा ३ हजार ४ सय महिला, ३ हजार ३ सय ६५ पुरुष र १ जना तेश्रोलिङ्गी गरी कुल ६ हजार ७ सय ७३ मत खसेका हुन । जिल्लाका ३७ मतदानस्थलमध्ये सबैभन्दा बढी लेतेको ज्ञानोदय माध्यमिक विद्यालय र छयोको भानुभक्त आधारभूत विद्यालयमा राखिएको केन्द्रमा ८९ प्रतिशत मत खसेका छन भने सबैभन्दा कम ढाक्मरमा रहेको ढाक्मर आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा ४४ प्रतिशत मत खसेका छन । मुस्ताङबाट प्रतिनिधि सभाको लागि १ र प्रदेश सभाको लागि २ ओटा क्षेत्र छन । क्षेत्रगत रुपमा हेर्दा प्रदेशसभा क निर्वाचन क्षेत्रमा ५८ प्रतिशत अर्थात ३ हजार १ सय ५६ मतदाता रहेकोमा १ हजार ८ सय ३६ जनाले मतदान गरेका छन । यस्तै, ख निर्वाचन क्षेत्रमा ७९ प्रतिशत अर्थात ६ हजार २ सय ७१ मतदाता रहेकोमा ४ हजार ९ सय ३७ जनाले मत दिएका छन । प्रतिनिधि सभाको लागि नेपाली काँग्रेसका पूर्व सांसद रोमी गौचन थकाली र एमालेका प्रेमप्रसाद तुलाचन प्रतिस्पर्धामा छन । यस्तै, प्रदेश सभा क्षेत्र क तर्पm काँग्रेसका मिक्यूर गुरुङ र एमालेका ईन्द्रधारा डादु बिष्ट उम्मेद्वार छन । यसैगरी, प्रदेश सभा ख मा एमालेका महेन्द्रबहादुर थकाली, राप्रपाका नरबहादुर हिराचन, काँग्रेसका छिरीङधावा गुरुङ र राप्रपा (प्रजातान्त्रिक) का प्रवीण कुमार शेरचन चुनावी मैदानमा छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here