१० मंसीर

रोल्पा । संविधानसभाको निर्वाचनमा शून्य मतदान गरेको थबाङमा यो पटक ३० प्रतिशत खसेको छ । पहिलो चरणको निर्वाचन अन्तर्गत ३२ जिल्लामा भएको मतदान मध्ये रोल्पामा भने समग्रमा ५२ प्रतिशत मत खसेको निर्वाचन अधिकारीहरुले जनाएका छन् ।

जिल्ला निर्वाचन अधिकारी लिलु गिरीले रोल्पामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको र ५२ प्रतिशत मत खसेको अनुमान गरिएको बताए ।

थबाङमा भने ३० प्रतिशत मात्रै मत खसेको छ । निर्वाचन बहिष्कार गर्ने गाउँको रुपमा चिनिएको थवाङमा २ हजार ७ सय ७२ मतदाता रहेकोमा ८ सय २२ मत मात्रै खसेछ । संविधानसभा निर्वाचनमा शून्य मतदान गरेको थबाङ पछिल्लो समय दुई कित्तामा बाँडिएको थियो । एक कित्ताले नेत्रविक्रम चन्दको बहिस्कार नीति लिएको र अर्को कित्ताले वैद्य माओवादीको चुनावको उपयोगको नीति लिएको बताइँदै छ ।

रोल्पामा जम्मा १ लाख २७ हजार ६ सय २९ रहेकोमा झन्डै ६६ हजार मत खसेको अनुमान गरिएको छ । प्रतिनिधिसभाका लागि १ मात्रै निर्वाचन क्षेत्र रहेको रोल्पामा पूर्व अर्थमन्त्री वर्षमान पुन र वहालवाला राज्यमन्त्री अमर सिं पुनबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here