१० मंसिर, काठमाडौं । निर्वाचन आयोगले पहिलो चरण अन्तर्गत ३२ जिल्लामा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मतदान समग्रमा शान्तिपूर्ण रहेको बताएको छ ।
निर्वाचन आयोगका अनुसार पहिलो चरणमा भएको निर्वाचनमा मुलुकभर ६५ प्रतिशत मत खसेको छ। बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत मतदाताले मतदान गरेको आयोगले जनाएको छ ।
मुलुकभरबाट मतदानको विस्तृत विवरण आउने क्रम जारी रहेको छ। उच्च पहाडी र हिमाली ३२ जिल्लामा आज पहिलो चरणको निर्वाचन भएको हो भने बाँकी ४५ जिल्लामा मंसिर २१ गते निर्वाचन हुँदैछ।
निर्वाचन आयोगमा आयोजित बिशेष पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन ऐतिहासिक रुपमा सम्पन्न भएकोमा खुसी व्यक्त गरे ।