१० मंसीर

बाराको जितपुर–सिमरा उपमहानगरपालिका –१ पथलैयानजिक हिजो ट्रक दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।
घटनामा चारजना घाइते भएका छन् । घाइते सबैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

ना ३ ख ९०२४ नम्बरको दुर्घटनाग्रस्त ट्रक भैसी बोकेर पूर्वबाट पथलैयातर्फ आइरहेको थियो । घाइतेहरू सबैको अल्पाइन अस्पताल सीमरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक वीरेन्द्र विश्वकर्माले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here