९ मंसीर पर्वत । कूश्मा नगरपालिका वडा नं २ खुर्कोटमा नेपाली कांग्रेसले आगामी मंसीर २१ गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभाको चूनावलाई लक्षित गरि पांच सय एकाउन्न सदस्यीय चूनाव प्रचार प्रसार समिति गठन गरेको छ । खुर्कोटमा अवस्थित भातृ,शूभेक्षूक संस्थाका प्रमूखहरु,कृयाशिल सदस्यहरु समेत रहेकको प्रचार प्रसार समितिको संयोजकमा यदुनाथ वास्तोला र सह संयोजक मोहन प्रसाद वास्तोला र लोकतान्त्रिक गठवन्धनको तर्फ वाट रा प्र पा प्रजातान्त्रिकका नर वहादुर खत्री रहेका छन् ।

त्यसै गरी यूवा परिचालन समितिको संयोजकमा टंक गिरी र सह संयोजकमा भिम प्रसाद रेग्मी,लोकेन्द्र भण्डारी र आर्थिक समितिको संयोजकमा भिमनिधि रेग्मी र अनुगमन समिकिो संयोजकममा सरस्वती शर्माजिज्ञाशू रहेका छन् ।

उक्त प्रचार प्रसार समिति गठन गर्न भएको भेलालाई कुश्मा नगरपालिकाका प्रमूख तथा नेपाली कांग्रेस नगर सभापती रामचन्द्र जोशीले संवोधन गर्दै जसरी यस वडा तथा कूश्मा नगरपालिकाको प्रमुख तथा उप प्रमूखमा सफलता प्राप्त गरेउ त्यसै गरि यस निर्वाचनमा पनि सफलता प्राप्त गर्नुपर्दछ त्यसका लागी आज गठन भएको प्रचार प्रसार समितिले सकृय रुपमा अगाडी वढ्ने आशा व्यक्त गरे ।

अव फेरी मूलूकलाई वम वारुदमा लाने कि शान्ति पूर्ण तरिकाले वाच्न पाउने व्यवस्था ल्याउने त्यसको निर्णायक घडि भएकाले फैसला गर्ने दिन नजिकै आएको छ त्यो दिनमा नेपाली कांग्रेसको चूनाव चिन्ह रुखमा मतदान गर्न आग्रह गर्नुभयो । उहांले यहां व्यक्ति विशेष संग कसैको रिस राग होला कसैले हामीले चाहे जति काम गर्न नसकेको होला तर ति सवै कूरालाई विर्सेर लोकतन्त्रको पक्षमा एक्येवद्धता जनाउनुको कूनै विकल्प छैन भन्नू भयो ।

यदि वाम गठवन्धनले यस मूलूकमा वहुमत ल्याएमा हामी लोकतन्त्रवादीहरुले स्वतन्त्रताका लागी फेरी आन्दोलन गर्नुपर्ने अवस्था आउने छ त्यसका लागी सतर्क हुन सवैलाई आह्वान गर्नु भयो ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य सरस्वती शर्मा जिज्ञाशूले खुर्कोट कांग्रेसको उद्गम थालो हो यसको सकारात्मक सन्देश जिल्ला भरी जाने भएकाले लोकतन्त्रको पक्षमा स्थानिय चूनावमा जस्तै मतदान गरि अत्याधिक मत दिएर कांगेसको विजयलाई सुनिश्चित गर्न आग्रह गर्नु भयो ।

कार्यक्रममा लोकतान्त्रिक गैरसरकारी संस्था महासंघका अध्यक्ष गणेश वहादुर क्षेत्री,कूश्मा नगरपालिकाका कोषाध्यक्ष शिवराज शर्मा,सदस्य कालिका प्रसाद शर्मा,वडा नं २ नैपाली कांग्रेस इकाई समितिका सचिव मनहरी शर्मा ,हरी प्रसाद उपाध्याय,द्रोणराज उपाध्याय,सर्वे नेपाली लगायतले नेपाली कांग्रेसको चूनाव चिन्ह रुखमा मतदान गर्न सवै मतदाता लाई आहन गरेका थिए ।
वडा संयोजक कालिभक्त शर्माको अध्यक्षतामा भएको वैठकमा स्वागत सह संयोजक छत्रराज रेग्मीले गरेका थिए भने भेलाको संचालन सचिव मनहरी शर्माले ले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here