८ मंसिर

पर्वत अखिल नेपाल शिक्षक संगठन पर्वतका जिल्ला सदस्य एवम समाज कल्याण प्राबि माझफांटका शिक्षक धनञ्जय मल्ललाई बिना कारण प्रहरीले पक्राउ गरी हिरासतमा राखेको भन्द संगठन विज्ञप्ती मार्फत न्याय दिलाउन आग्रह गर्दै घोर भर्त्सना गरेको छ ।

हिजो बिहिवार दिउसो २ बजे बिद्यालयमा पढ़ाई रहेको अबस्थामा बिना कारण प्रहरीले पक्राउ गरी हिरासतमा राखेको भन्दै घोर भर्त्सना गरेको छ । विज्ञप्ती मार्फत भनिएको छ ।
“ कुनै पनि अवान्छित गतिबिधिमा संलग्न नरहेका शिक्षकलाई फरक आस्था राखेकै आधारमा पक्राउ गरिएको घटना प्रति संगठनको गम्भिर ध्यान आकृष्ट भएको छ ।

” सरकारी निकायबाट भइरहेको यसखालका निरङ्कुश र अमानवीय कार्यको हामी घोर भर्त्सना एवं निन्दा गर्दछौं र पक्राउ गरिएका शिक्षकलाई तत्काल रिहा गर्न माग गर्दछौं । नेपालको मौजुदा संविधानले कुनै पनि राजनैतिक आस्था विचार अंगाल्न पाउने स्वतन्त्रतालाई मौलिक अधिकारका रुपमा व्यवस्था गरेको छ ।

तर, वर्तमान सरकार संविधानमा व्यवस्था गरिएका मौलिक अधिकारको ठाडो उल्लंघन गर्दै शिक्षण जस्तो पबित्र पेसामा रही कक्षामा पढ़ाई रहेका शिक्षकसंग त्रसित भई बिना कारण थुनामा राख्ने सरकारको यस प्रवृतिप्रति हामी सम्पूर्ण मानब अधिकारबादी संघ संस्था, पत्रकार एबं सञ्चार माध्यमलाई आवाज उठाउन आग्रह गर्दछौं ।

साथै विना कारण गिरफ्तार गरी हिरासतमा राखिएका शिक्षकको रिहाईका लागि जोड़दार माग गर्दछौं । अखिल नेपाल शिक्षक संगठन जिल्ला समिति पर्बतका अध्यक्ष भुमिराज शर्माको पहलमा विज्ञप्ती प्रकाशन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here