६ मंसीर पर्वत आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचार प्रसारमा जुटेको बाम गठवन्धनका उम्मेदवारमहरुले मंगलबार बिहादी गाँउपालिकाको उराम र शालिग्रामका बिभिन्न ठाँउमा चुनावी सभा सम्पन्न गरेका छन् ।

प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरी र प्रदेश सभा सदस्य पर्वत ख का उम्मेदवार विकास लम्सालको संयुक्त चुनावी सभा तथा घरदैलो र कोण सभाका कार्यक्रमलाई तिव्रता दिएका छन् ।

कोण सभालाई सम्वोधन गर्दै नेकपा एमाले पर्वतका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरीले बाम गठवन्धनका उम्मेदवारलाई आगामी निर्वाचनमा बिजयी गराउन आग्रह गर्नुभयो । उहाँले मुलुकको अग्रगामि विकासका लागी बाम गठवन्धनको विकल्प नसोच्न आग्रह गर्नुभयो । उहाँले बृद्धभक्ता,अपाङगता भत्ता सुत्केरी भत्ता अब बाम गठबन्धनको सरकार बनेपछी बृद्धि गर्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेश सभा सदस्य पर्वत ख का उम्मेदवार विकास लम्सालले क्षेत्र नम्वर दुईलाई समृद्ध क्षेत्र र मुलुककै नमुनाको रुपमा विकास गर्नका लागि विकास लम्साललाई सुर्य चिन्हमा मतदान गरेर बिजयी गराउन आग्रह गर्नुभयो । उहाँले दुईचार रुपैयाको धाकधम्की देखाउँने उम्मेदवारको भुलभुलैयामा नपर्न समेत मतदातालाई अनुरोध गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here