६ मंसीर पर्वत /चुनाब प्रचारप्रसारका क्रममा गाँउँमा रहेका बामपन्थी गठबन्धनका साँझा उमेदवार र नेताहरुले आफुँलाई बिजय गराएमा पर्वत जिल्लाको बिकासले धेरै ठुलो फड\को मार्ने बताएका छन ।
आसन्न प्रतिनिधीसभा र प्रदेशसभाको प्रचारप्रसारका क्रममा पर्वतको मोदी गाउँपालिकाको गिज्यान गाउँमा पुगेका बामपन्थी गठबन्धनका उमेदवार र नेताहरुले आगामी केन्द्र र प्रदेश सरकार बामपन्थीको बन्ने भएकाले जिल्लाको बिकासमा ठुलो बजेट कार्यक्रम मार्फत बिकासले फड्को मार्ने धारणा राखेका हुन ।
‘ कांग्रेसका उमेदवारले चुनाब जिते साँसद मात्रै बन्छन’ उनीहरुले भने बामपन्थी उमेदवारले चुनाब जितेका सडक, बिद्युत, खानेपानी, सिँचाई, रोजगारीका क्षेत्रमा पर्वतलाई नमुना जिल्ला बनाउने उनीहरुको भनाई छ ।
गिज्यानको लामो चौतारामा भएको कोण तथा स्वर्गिय प्रकाश दाहालको शोकसभामा बोल्दै प्रदेश सभा क का उमेदवार तथा माओबादी केन्द्रका पोलिटब्युरो सदस्य नेत्र अधिकारीले पर्वतको समग्र बिकासका लागि आफुँलाई प्रदेशसभामा बिजयी बनाएर पठाउँन आग्रह गर्दै अधिकारीले प्रदेश सरकारले पर्वतलाई नमुना जिल्लाको रुपमा बिकास गर्ने प्रतिबद्धता जनाए । माओबादी केन्द्रका पोलिटब्युरो सदस्य गुप्तबहादुर हमालले पर्वतको मोदी गाउँपालिका क्षेत्रमा बिकास निर्माणको जिम्मा बामपन्थी उमेदवारको काँधमा छाड्न आग्रह गर्दै त्यस क्षेत्रलाई सम्बृद्ध बनाउन पनि बाम उमेदवार बिजयी हुन जरुरी भएको बताए ।
नेकपा –एमाले)का प्रदेश लेखा आयोगका प्रमुख प्रेमकुमार लामिछानेले बामपन्थी सरकारले मात्रै नेपालमा बिकास र परिर्वतनको काम गर्दै आएको चर्चा गर्दै नेपाली कांग्रेसले चुनाब जितेमा देश फेरी २० बर्ष पछि धकेलिने ठोकुवा गरे । नेकपा(एमाले)का पुर्ब जिल्ला उपसचिब उदय सुबेदीले पर्वतको क्षेत्र नं १ मा अहिले सम्म चुनाब जितेका जनप्रतिनिधीले सरकारी कार्यालय र जनताले गरेको काम समेत आफैले गरेको भनेर हल्ला चलाउने तर एक किलोमिटर पनि सडक कालोपत्रे गर्न नसकेको आरोप लगाए । राप्रपाका जिल्ला अध्यक्ष रहेका गिरी गतसाता एमालेमा प्रबेश गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here