६ मंसीर नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधी सभा सदस्यका उम्मेदवार अर्जुनप्रसाद जोशीले नाटकीय रुपमा गरेको बाम गठबन्धन लामो समयसम्म नटिक्ने बताउनुभएको छ ।

नेपाली काँग्रेस कुश्मानगरपालिका–८ चुवामा आयोजना गरेको चुनावी आमसभा लाई सम्बोधन गर्दै प्रक्रिया नपु-याई गरेको गठबन्धन लामो समय टिक्न नसक्ने बताउनुभयो । उहाँले एमाले र माओवादी विच रातरात भएको सहमती सत्ताप्राप्त गर्ने गम्भिर षडयन्त्र मात्रै रहेको वताउनुभयो । उहाँले बाम एकता जिल्लाको विकास भन्दापनि सत्ता प्राप्तीका लागि मात्रै भएको बताउनुभयो । जोशीले एमाले लामो समयसम्म सरकारमा जान नपाएकाले बाम एकता गरेको आरोप लगाउनु भयो । देश अव आर्थिक समृद्धि तर्फ लम्केको बताउँदै जिल्लालाई समृद्धि बनाउने आफ्नो मुख्य एजेण्डा रहेको नता जोशीको कथन रहेको छ । कांग्रेसले पैसाले भोट कहिल्यै नकिनेको,अव सवै जनता सचेत भएका छन् कहि कसैले पैसा प्रयोग गरेमा पनि पैसा प्रयोग गर्नेलाई भोट दिने छैनान् । जनताको मन जितेर नै भोट लिने हो,काँग्रेसले जनतालाई धनी वनाउन,समृद्ध वनाउन र जनतालाई समस्यावाट मुक्ति दिलाउन चाहेको जोशीले उद्घोष गर्नुभएको छ ।

कार्यक्रममा नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुषाल, समानुपातिक उम्मेदवार लालकाजी गुरुङ,कुश्मानगर पालिकाका प्रमुख रामचन्द्र जोशी, उपप्रमुख सीता काफ्ले लामिछाने, राप्रपा नेपालका केन्द्रिय सदस्य रणवहादुर क्षेत्री,काँग्रेस नेता रामशर्मा पौडेल, दलित संघका सचिव आन्नद विश्वकर्मा,कुश्मा नगरपालीका बढा नम्वर ५ की बडाध्यक्ष चित्रकला भारती ,बडा सभापती प्रकाश पौडेल , राप्रपा समानुपातिक उम्मेदवार मानकुमारी गिरी लगायतले लोकतन्त्रको पक्षमा मतदान गर्न आह्वान गर्नुभयो ।

नेपाली काँग्रेस कुश्मा नगरपालिका–८ चुवाका कार्यवाहक सभापति देवीप्रसाद पोखरेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको स्वागत कुलप्रसाद पोखरेल र सञ्चालन नेपाली काँग्रेस चुवाका सह–सचिव अर्जुन क्षेत्रीले गर्नुभएको थियो । आज चुवामा भएको कार्यक्रममा माओबादी केन्द्रका देवराज पुरी, वडा नागरिक मञ्चका संयोजक समेत रहेकी एमालेवाट सिर्जना परियार सहित १ सय ५० जना व्याक्ति नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

दिनभर नवप्रवेशीहरुलाई स्वागतका लागि भ्याई नभ्याई भएको नेपाली काँग्रेसका नगर सचिव सुरेन्द्र केसीले जानकारी दिनुभयो । उहाँका अनुसार वाम गठवन्धनले देशमा अतिवाद निम्ताउन खोजेको र काँग्रेसले मात्रै देश र जनताको रक्षा गर्ने भन्दै उनीहरु काँग्रेसमा प्रवेश गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here