५ मंसीर  काठमाडाैं, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र वियोगको भारी मन लिएर गृह जिल्ला चितवनमा पुगेका छन् । चितवन ३ मा आज हुने भनिएको वाम गठबन्धनको चुनावी सभामा सहभागी हुन उनी चितवन पुगेका हुन् । उक्त सभामा प्रकाश दाहाललाई श्रद्धाञ्जलि दिएपछि सुरु हुने बताइएको छ । सो सभामा अध्यक्ष प्रचण्ड सहभागी भएपनि सम्वोधन नगर्ने बताइएकाे छ ।

शक्ति प्रदर्शनसहित आमसभा गर्ने पूर्वतयारी गरिए पनि दाहालको निधनका कारण श्रद्धाञ्जली सभाको रुपमा परिणत गरिएको चितवनमा वाम गठबन्धन निर्वाचन परिचालन समिति उपसंयोजक देवी ज्ञवालीले जानकारी दिए । सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी नेता रामबहादुर थापा ‘बादललगायतका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम छ ।

अध्यक्ष प्रचण्डका सुपुत्र तथा माअाेवादी पार्टीका युवा नेता प्रकाश दाहालको असामयिक निधनप्रति सिंगो पार्टी तथा वाम गठबन्धनकातर्फबाट गहिरो दुःख व्यक्त गरिएको छ । देशै भरी आज लागि पूर्व निर्धारित वाम गठबन्धनका सबै चुनावी सभामा स्व. प्रकाश दाहालको असामहिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि सभाको आयोजना गरिएको छ ।

श्रद्धाञ्जलि  सभामा उम्मेदवार तथा पार्टीका नेताहरुले स्व. दाहालको तस्वीरमा माल्यापर्ण गर्दै उनले पार्टीलाई पुर्याएको योगदानको कदर गर्दै देशले इमान्दार र मेहनेती युवा नेता गुमाएको धारणा व्यक्त गरे । यस्तै कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रकी प्रतिनिधिसभा सदस्य उम्मेदवार बिना मगरका श्रीमान, पार्टी अध्यक्ष प्रचण्डका सुपुत्र तथा पार्टीका केन्द्रीय सदस्य स्व. दाहालको असामयिक निधनले कञ्चनपुर शोकमा डुबेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here