०४ मंसरि
काठमाडौँ प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका क्रममा चार दिनसम्म स्कुल बन्द गर्न निर्वाचन आयोगले गृहमन्त्रालयलाई सिफारिस गरेको छ ।
सिफारिस अनुसार मंसिर १० र २१ गते हुने पहिलो र दोस्रो चरणका निर्वाचनमा सम्वद्ध क्षेत्रका विद्यार्थीलाई चार दिनसम्म बिदा दिइने छ ।
पहिलो चरणको चुनाव हुने क्षेत्रमा मंसिर ७ गतेदेखि र दोस्रो चरणको चुनाव हुने क्षेत्रमा मंसिर १८ गतेदेखि बिदा हुनेछ । विद्यालयमै मतदान केन्द्र राखिने र शिक्षकलाई पनि निर्वाचनमा खटाइने भएकाले आयोगले यस्तो निर्णय गरेको हो । कान्तिपुर दैनिक