३ मंसीर पर्वत । मोदी गाउंपालिका वडा नं १ भूकमा नेपाली कांग्रेसले आगामी मंसीर २१ गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभाको चूनावलाई लक्षित गरि एकाउन्न सदस्यीय चूनाव प्रचार प्रसार समिति गठन गरेको छ । भूकमा अवस्थित भातृ,शूभेक्षूक संस्थाका प्रमूखहरु रहेकको प्रचार प्रसार समितिको संयोजकमा गीरीमान गूरुड र सह संयोजक गोलमान सार्की रहेका छन् ।

त्यसै गरी सल्लाहकार समितिको संयोजकमा गणेश गुरुड र सह संयोजकमा कूलविर गूरुड, यूवा परिचालन समितिको संयोजकमा लोकमान घले,सह संयोजकमा सूनिल वि क रहेका छन् ।

उक्त प्रचार प्रसार समिति गठन गर्न भएको भेलालाई मोदी गाउपालिका वडा नं. १ का वडा अध्यक्ष गौ प्रसाद गूरुडले संवोधन गर्दै जसरी मोदी गाउपालिका वडा नं. १ भूकमा सफलता प्राप्त गरेउ त्यसै गरि यस निर्वाचनमा पनि सफलता प्राप्त गर्नुपर्दछ त्यसका लागी आज गठन भएको प्रचार प्रसार समितिले सकृयरुपमा अगाडी वढ्ने आशा व्यक्त गरे । अव फेरी मूलूकलाई वम वारुदमा लाने कि शान्ति पूर्ण तरिकाले वाच्न पाउने व्यवस्था ल्याउने त्यसको निर्णायक घडिमा भएकाले फैसला गर्ने दिन नजिकै आएको छ त्यो दिनमा नेपाली कांग्रेसको चूनाव चिनह रुखमा आग्रह गर्नुभयो ।

वडा सभापती जगन वहादुर गूरुडको अध्यक्षतामा भएको भेलाको संचालन सचिव भिम वहादुर मल्ल र धन्यवाद ज्ञापन तेज प्रसाद शर्मा ले गरेका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here