३ मंसीर काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । गम्भीर बिरामी परेपछि काठमाडौंस्थित नर्भिक अस्पतालमा अचेत अवस्थामा पुर्याइएका प्रकाशको निधन भएको एक चिकित्सकले जानकारी दिए ।
प्रचण्डपुत्र प्रकाश दाहाललाई हृदयाघात भएको हो । दाहाललाई अहिले काठमाडौंस्थित नर्भिक अस्पतालमा राखिएको छ ।
दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल पुयाईएको थियो ।हृदयाघातको खबर लगत्तै झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै काठमाडौं फर्किँदैछन् ।
त्यसैगरी चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउँदैछन् ।