३ मंसीर झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको दुईमहिनाभित्र वामपन्थीको बहुमतको सरकार बन्दैछ भन्ने हेक्का राखेर काम गर्न प्रहरीलाई चेतावनी दिएका छन् ।

चुनावका बेला शान्ति सुरक्षामा आँच नपुर्‍याउन र कसैको इशारामा गुण्डागर्दी नगर्न ओलीले चेतावनीसमेत दिए ।

एमाले अध्यक्ष ओलीले केन्द्रमा अत्यधिक बहुमतको वामपन्थी सरकार बन्ने र प्रदेश नम्बर १ प्रदेशमा पनि वामपन्थीकै सरकार बन्ने दाबी गरे ।

झापा निर्वाचन क्षेत्र नम्बर ५ अन्तरगत आफ्नै चुनावी प्रचार अभियानमा काठमाडौंबाट माओवादी अध्यक्ष प्रचण्ड र बद्री पंगेनी लगायतका कलाकारलाई समेत दिएर शनिबार ओली दमक पुगेका थिए ।

कम्युनिष्टहरुको एकतामा अब कुनै शंका नगर्न ओलीले आग्रह गरे । उनले भने ‘अब कम्युनिष्ट एकता भयो, भयो, भन्दै उनले पहिलो प्रहार प्रहरीलाई गर्दे देशमा वाम सरकार आएमा सवैलाई तर्साएर एकदलियय शासन चलाउने अभिव्यक्ति दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here