२ मंसीर

बागलुङ । यही मंसिर १० गते हुन गैरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिदै गर्दा  नेपाली काँग्रेसको चुनावी अभियानलाई पनि तिव्रता पारिएको छ । शनिबार जिल्लाको दमेक, पैयुँथन्थाप हुँदै राङखानीमा घरदैलो अभियान तथा चुनावी सभा सम्पन्न भएको छ ।

सो अभियान अन्तर्गत  राङखानीमा काँग्रेसको पक्षमा जनलहर पनि निकै बढ्दै गएको छ । चुनाव मिति नजिकिँदै गर्दा काँग्रेसमा प्रवेश गर्नेको पनि लहर लागेको छ । शनिबार जिल्लाको जैमिनी नगरपालिका वडा नम्बर १० राङखानी नान्दुकको सिंगो गाउँ नै नेपाली काँग्रेसमा प्रवेश गरेको छ ।

साविकको राङखानी गाविस वडा नं. ३ नान्दुकका बिरेन्द्र पुनको नेतृत्वमा ७० भन्दा बढि युवाहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन । नव प्रवेशीहरुलाई बागलुङ क्षेत्र नं १ प्रदेश २ का उम्मेदवार तथा निवर्तमान सांसद प्रकाश शर्मा पौडेललले नेपाली काँग्रेसको सदस्यता प्रदान गर्नुका साथै टिका र माला खादा लगाएर स्वागत गरेका थिए ।

गाउँको विकास र युवाहरुको भावना काँग्रेसले मात्र बुझन सक्ने देखेर हामी काँग्रेसमा प्रवेश गरेका हुँ नव प्रवेशी युवा बिरेन्द्र पुनले भने । उनी सहित, साजन काउचा, ललित काउचा, बिजय श्रीष, मिलन पुन, मदन श्रीष, फणिन्द्र पुन, तेजेन्द्र पुन लखन थापा, कमल पुन, प्रतिभा काउचा, रञ्जना श्रीष लगायतका युवाहरु आफ्नो परिवार सहित नेपाली काँग्रेसमा प्रवेश गरेको नेपाल विद्याथी संघका केन्द्रिय सहमहामन्त्री हरिहर शर्माले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here