२ मंसीर पर्वत । कूश्मा नगरपालिका वडा नं.१० पिपलटारीमा नेपाली कांग्रेसले आगामी मंसीर २१ गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभाको चूनावलाई लक्षित गरि एकसय एकाउन्न सदस्यीय चूनाव प्रचार प्रसार समिति गठन गरेको छ । पिपलटारीमा अवस्थित भातृ,शूभेक्षूक संस्थाका प्रमूखहरु रहेकको प्रचार प्रसार समितिको संयोजकमा वडा सभापती विष्णूहरी तिवारी र सह संयोजक अमर जि.वी रहेका छन् ।

उक्त प्रचार प्रसार समिति गठन गर्न भएको भेलालाई नेपाली कांग्रेस कूश्मा नगर समितिका सभापती तथा नगर प्रमूख राचन्द्र जोशीले संवोधन गर्दै अहिले नेपालमा लोकतन्त्रले जित्ने कि हार्ने भन्ने ठूलो लडाई रहेको छ । यहां कूनै व्यक्ति विषेशलाई निर्वाचित गर्न मात्र यो चूनाव हूदै नगरेकाले लोकतन्त्रको रक्षाका लागी सवै लोकतान्त्रिक गठवन्धनका शक्तिहरु एकजूट हुन आग्रह गर्नु भयो । अव फेरी मूलूकलाई वम वारुदमा लाने कि शान्ति पूर्ण जिवन यापनका लागी समृद्धि तर्फ उन्मूख गर्ने त्यसको फैसला गर्ने दिन नजिकै आएको छ त्यो दिनलाई कूनै पनि हिसावलाई नगूमाउन आग्रह गर्नुभयो । पिपलटारीमा कांग्रेसका उर्जाशिल कार्यकर्ता भएकै कारणले अन्य पार्टीहरु संग प्रतिस्प्रदा गरि कांग्रेसलाई जोगाउनू भएको छ । त्यसकारण अव पनि यस पटक नेपाली कांग्रेसका उम्मेदवारहरुलार्इ रुख चिन्हमा मतदान गरि अत्याधिक मतले विजयी गराउन आग्रह गर्नु भयो ।

उक्त भेलालाई महाधिवेशन प्रतिनिधि तथा नगर उप प्रमूख सीता कापले लामिछानेले संवोधन गर्दै नगरमा जसरी हामीहरुलाई भारी मत दिएर जिताउनु भयो त्यसै गरि अवको चूनावमा पनि कांग्रेसका उम्मेदवारहरुलाई जिताउन आग्रह गर्नु भयो । नगरमा नेपाली कांग्रेसले वहुमत नपाउदा हामीले कार्य गर्ने भनि देखेका सपनाहरु पूरा गर्न नपाएकाले अव छिट्टै नगर परिषद सम्पन्न गरि कार्यको थालनी गर्ने धारणा राख्नू भयो । आज गठन भएको चूनाव प्रचार प्रसार समितिले जिल्ला संग समन्वय गरि पिपलटारी वाट अत्याधिक मत दिएर पठाउन र यूवाहरुलाई सहि ढंगले परिचालन गर्न आग्रह गर्नु भयो ।

त्यस्तै नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य कूल प्रसाद उपाध्यायले नेपाली कांग्रेस पूरानो ईतिहांस वोकेको पाटी हो । यस पाटीको नेतृत्वमा नै देशमा निरड्कुश राणा,राजालाई फाल्दै लोकतान्त्रिक संविधान जारी गरेको छ र दश वर्षे जनयूद्धको स्थायी समाधान तर्फ उन्मूख वनाउको छ त्यस कारण फेरी मूलकमा साम्यवादीहरु वामगठवन्धनको रुपमा देखा परेका छन् तिनिहरुलाई परास्त गर्न आम मतदाताहरु सचेत हून जरुरी रहेको धारणा व्यक्त गर्नु भयो । लोकतन्त्रमा मात्र शान्ति र स्थायीत्व हूने भएकाले सकृय पूर्वक चूनावमा लागी कांग्रेसका उम्मेदवारहरुलाई विजयी गराउनू पर्ने धारणा राख्नूभयो ।

उक्त भेलामा लोकतान्त्रिक गैरसरकारी संस्था महासंघका अध्यक्ष गणेश वहादुर क्षेत्री,नगर सचिव सूरेन्द्र के।सी।, ने।वि।सघका कूलराज पोख्रेल,नेपाली कांग्रेस क्षत्रिय समिति सदस्य भगवती पौडेल,लोकनाथ लामिछाने,विक्रम तिवारी,अमर जि।वी लगायतले धारणा राख्दै कांग्रेसका उम्मेदवारलाई अत्याधिक मतले विजयी गराउन सवैलाई आग्रह गरे ।
वडा सभापती विष्णूहरी तिवारीको अध्यक्षतामा भएको भेलामा तीन सय जना भन्दा वढि कार्यकर्ताको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here