२ मंसीर काठमाडौ‘सडकमा भन्दा सामाजिक सञ्जालमा बढी उपस्थिति देखाउने’ विवेकशील  साझा पार्टीका एक संयोजक उज्ज्वल थापाले केही दिन पहिले भान्साकोठामा रोटी बेल्दै गरेको भिडियो पोस्ट गरे । उनको सन्देश थियो, ‘स्थानीय चुनावअघि घरघरमा वाइफाई ल्याउँछु भन्ने दल अहिले कता लागे ? मैले चुनाव जिते यस्ता गलत आश्वासन दिनेहरूको अध्ययन गर्दै त्यसविरुद्ध निरन्तर खबरदारी गर्छु ।’ थापाको भन्दा अझै प्रभावकारी भिडियो पोस्ट गरे अर्का संयोजक तथा बीबीसीका पूर्व पत्रकार रवीन्द्र मिश्रले ।

सो भिडियोमा चुनावी प्रचारमा हिँडेका मिश्रलाई भेट्न आएकी एक महिलाले आँसु झार्दै ‘तपाईंहरूलाई खान पुग्छ, लोभ नगर्दिनु होला’ भनेकी छन् । सो भिडियो फेसबुकमा मात्रै बिहीबार बिहानसम्म १३ हजार चार सय ३४ जनाले ‘सेयर’ गरेका छन् । गत साउनमा विवेकशील नेपाली दल र साझा पार्टी मिलेर बनेको विवेकशील साझा पार्टीको अहिलेसम्म कुनै भ्रातृ संगठनसमेत नबनेको अवस्थामा राष्ट्रिय राजनीतिमा राम्रो चर्चा छ ।

विपक्षी दललाई गाली गरेर चुनाव लड्ने चलनविपरीत व्यवस्थित, सिर्जनात्मक र इन्टरनेटकेन्द्रित प्रचारका कारण विवेकशील साझा पार्टीका उम्मेदवारले चर्चा त बटुलेकै छन्, पहिल्यै सञ्चार सेलिब्रिटीका रूपमा स्थापित मिश्रलाई चुनावले झनै लोकप्रिय बनाइदिएको छ। राजधानीका मतदाता जहिल्यै ‘अस्थिर’ रहने गरेको सन्दर्भमा यसपटकको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा पनि त्यस्तै हुने त होइन भन्ने आकलन गरिँदैछ ।

मिश्र पहिलोपटक काठमाडौं १ बाट चुनाव उठेका छन्, त्यो पनि उपप्रधानमन्त्रीसमेत रहिसकेका कांग्रेस महामन्त्री प्रकाशमान सिंहसँगै । उज्ज्वल थापा काठमाडौं ५ बाट एमालेका महासचिव ईश्वर पोखरेल र कांग्रेस केन्द्रीय सदस्य प्रकाशशरण महतसँग भिड्दैछन् । थापा र मिश्र दुवैजनालाई विवेकशील साझा पार्टीले महाधिवेसनसम्मका लागि ‘संयोजक’ तोकेको हो । चुनावी माहोल तात्दै जाँदा मिडियाबाटै आएका रवीन्द्र र आइटी पढेका उज्ज्वल र उनको पार्टी विसापालाई सामाजिक सञ्जालमा विपक्षी शक्तिका आम कार्यकर्ताले विभिन्न मञ्चमा अनेक प्रश्न राखेका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here