सन्तोष केसी–पर्वत क्षेत्र नम्वर १ को चुनावी घरदैलो तथा कोण सभा मोदीगाउँपालिका– ३ देउरालीमा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्वोधन गदै प्रदेस सभा ख का उम्मेदवार नवराज गुरुङले आफुले चुनाव जितेमा सबै क्षेत्र समुदायलाई समेटेर अगडी बढ्ने बताउनु भयो ।
राजनितिक स्वतन्त्र, आर्थिक स्वतन्त्र र सामजिक न्यायको एजेण्डा एकसाथ बोकेर हिँड्ने नेपाली काँग्रेसले मात्र देशसलाई समृद्धिको मार्गमा लैजान सक्ने बताउनु भयो ।
उहाँले नयाँ संविधान जारी भएपछि राजनितिक कान्तिको अभियान पुरा भएकाले अव नेपाली काँग्रेस आर्थिक क्रान्तिमा लागेको बताउादे अवको १० बर्षभित्रमा देसलाई समुन्रतिको शिखरमा पु¥याउने कार्यक्रम काँग्रेससंग मात्र भएको उल्लेख गदै रुख चिन्हमा मतदान गर्ने आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस पर्वतका सचिव विश्वप्रकास प्रसाई, कुश्मा नगरपालिका प्रमुख रामचन्द जोशी, उप–प्रमुख सिताकुमारी काफ्ले लामिछाने, महाधिवेशसन प्रतिनिधी युवराज जोशी लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा बामगठबन्धनवाट असन्तुष्ट्रि जनाउँदै एक दर्जन युवा नेपाल काँग्रेसमा प्रवेश गरेको प्रेस युनियनका सचिव उत्तम अधिकारीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here