साजन परियार

१ मंसीर पर्वत–लोकतान्त्रिक गठबन्धनवाट प्रदेश सभा क क्षेत्र नं १ का उम्मेदवार बनेका नवराज गुरुङले आफुले जितेमा देशकै नमुना निर्वाचन क्षेत्र बनाउने उद्घोष गरेका छन् । आगमी मंसिर २१ गते हुन लागेको प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका क्रममा चुनावी अभियान लिएर पर्वतको मोदीगाउँपालिकामा पुगेका गुरुङले जिल्लामा भएका श्रोत साधनलाई परिचालन गरि क्षेत्र नम्वर १ लाई देशकै नमुना निर्वाचन क्षेत्र बनाउने बताए ।

‘यो क्षेत्रको मुख्य समस्या भनेको बेरोजगार हो, ‘मैले बेरोजगार युवालाई रोजगारको र्सजना गर्छु । युवाहरुलाई स्वदेश फिर्ता गरि गाउँमै बस्ने वातावरणको सृजना गर्छु,तपाईहरु ढुक्क हुनुहोस्–गुरुङले भने, १ नम्वरक्षेत्रमा अर्को मुख्य समस्या भनेको सडक कालोपत्रे गर्नु हो, जितेको पाँच बर्षमा गाउँका मुख्य सडक कालोपत्रे गर्न सकिन भने, अर्को पटक गाउँमा छिर्न नदिनुहोला,। उनले क्षेत्र नं १ का मुख्य समस्यालाई डायरीमा नोट गरेको बताउँदै खानेपानी, शिक्षा, स्वास्थ्य लगायत अन्य आधारभुत कुरालाई ध्यानमा राखेर काम गर्ने दावी गरे । ‘आफु निर्वाचन लड्न मात्र उम्मेदवार नबनेको बताउँदै नेता गुरुङले जनताको सेवक बन्न उम्मेदवार वनेको दावी गरे ।’

यदि तपाईहरु पर्वत जिल्लालाई समृद्धि भएको देख्न चाहानुहुन्छ भने, एक पटक नवराज गुरुङलाई जिताउनुहोस् तपाईहरुलाई गुनासो गर्ने ठाउँ दिन्न,।’ आफु निर्वाचित भए यहाँका नागरिकहरुको भावना र समस्या बुझेर काम गर्ने उनको दावी छ । ‘आफु एक गरिव परिवारको छोरा भएका कारण गरिव, दुखी, दलित एवम् पछाडि पारिएका वर्गहरुका समस्या बुझ्न सक्ने सामर्थ रहेको गुरुङको भनाई छ, ।’

उहाँले पर्वतवासीलाई रुख चिन्हमा मतदान गर्न आह्वान गदै जनताको भावना बुझेर काम गर्ने अठोट गर्नु भयो । माओवादी र एमाले विच रातरात भएको एकताले आफुलाई समेत अचम्ममा पारेको बताउँदै भ्रम नपर्न पर्वतवासी जनतालाई आग्रह गर्नुभयो । उहाँले बामगठबन्धनले जिते मुलुकमा अधिनायकवाद आउने बताउँदै प्रजातन्त्र र लोकतन्त्रको पक्षमा उभिन सम्पूर्ण मतदातालाई अनुरोध गरे ।

वाम गठवन्धन भित्रका ईमानदार कार्यकर्ता तथा शूभ चिन्तकलाई समेत लगनशिल र कर्मठ उम्मेदवारलाई एकपटक माया गरि यहांहरुको सेवक वन्न दिन विनम् आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here