१ मंसीर गोरखा । लोकतान्त्रिक गठबन्धनबाट गोरखा–२ का उम्मेदवार तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा। बाबुराम भट्टराईलाई जिताउनका लाग िनेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलदेखि केन्द्रीय सदस्य गगन थापासम्मलाई गोरखामा ल्याउने भएका छन् ।

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संबोधन गरेको पालुङटारमा नै मंसीर २ गते नेपाली कांग्रेस र नयाँ शक्तिले संयुक्त रुपमा आयोजना गरेको चुनावी आमसभालाई पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

यस्तै मंसीर ४ गते क्षेत्र नं। १ को आरुघाट बजार र क्षेत्र नं। २ को भच्चेक बजारमा हुने सभामा कांग्रेस केन्द्रीय सदस्य थापा र बालकृष्ण खाँणले सम्बोधन गर्दैछन्। यसका अलवा गोरखा–१ मा चीनकाजी श्रेष्ठलाई भोट माग्न नयाँ शक्ति पार्टीका संयोजक भट्टराई पनि मंसीर ४ मा आरुघाट जाँदैछन्।

गोरखाका छ वटा सिटमध्ये नयाँ शक्तिलाई दुई वटा दिएर कांग्रेसले चार वटा सिट लिएको छ। गोरखा–१ मा चीनकाजी श्रेष्ठ र दुवै प्रदेशमा कांग्रेसका धिरन थापा, राजेन्द्र बजगाइँ उम्मेदवार छन्।

साथै गोरखा–२ प्रतिनिसभा भट्टराई र प्रदेशसभा ९क० मा नयाँ शक्तिका हरिशरण आचार्य उम्मेदवार छन् भने प्रदेशसभा ९ख० मा कांग्रेसका प्रकाशचन्द्र दवाडी छन् । कांग्रेसलाई नयाँ शक्तिले र नयाँ शक्तिका उमेद्वारलाई कांग्रेसले सघाउने सहमतिसाथ लोकतान्त्रिक गठबन्धन बनेको हो ।

यसअघि गोरखा २ मा बाम गठबन्धनका उमेद्वारहरुलाई भोट माग्न एमाले अध्यक्ष केपी शर्मा ओली र माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भच्चेक, पालुङटार, घैरुङ र आरुघाटमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गरेर फर्केका थिए । ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here