संजय रेग्मी
मङ्सीर १, २०७४

पर्वत : नेपाल ईङग्लीस ल्याङ्ग्वेज टिचर्स एशोसिएसन (नेल्टा) को आयोजनामा पर्वतका अंग्रेजी शिक्षकहरुलाई प्रशिक्षण दिईएको छ । क्याम्ब्रीज यूनिभर्सिटी प्रेसको सहयोगमा आयोजना भएको प्रशिक्षणमा विद्यार्थीहरुलाई अंग्रेजी भाषा कक्षामा कसरी उत्प्रेरित गर्ने भन्ने बिषयमा नेल्टाका प्रशिक्षक सगुन श्रेष्ठले प्रशिक्षण दिनुहुने नेल्टा पर्वतका अध्यक्ष देव शर्माले जानकारी दिनुभयो । जिल्लाका बिभिन्न बिद्यालयका झण्डै ४० जना शिक्षकहरुको लागि प्रदान गरिएको तालिम शुक्रबार नै सकिने छ । तालिमको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि तथा कुश्मा नगरपालिकाकी उपप्रमुख सिता काप्mले लामिछानेले विश्वभर नै अंग्रेजी भाषा संस्कारको रुपमा विकास भएका कारण नेपालमा पनि यसको महत्व झनै बढेको बताउनुभयो । प्राबिधिक देखि साधारण सबै बिषय अंग्रेजी माध्यमका रुपमा अध्यापन भैरहेका कारण पनि विद्यार्थीहरुलाई अंग्रेजी भाषामा उत्प्ररित गर्न आवश्यक रहेको उहांको भनाई छ । यस्तै आप्mनो भनाई राख्दै जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले विद्यार्थी र अभिभावकहरुको अंग्रेजीको चाहना पुरा गर्न नेल्टाले तालिमको आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । त्यस्तै, शिक्षकहरुले तालिममा लिएका कुराहरु कक्षाकोठामा प्रयोग गर्न सकेमा पर्वतमा अंग्रेजी शिक्षाको विकासमा सहयोग पुग्ने धारणा राख्नुभयो । कार्यक्रममा बोल्दै नेशनल क्याम्पेन फर एजुकेशन, नेपालका केन्द्रिय सदस्य राजेन्द्र पहाडीले पनि अंग्रेजी शिक्षाको महत्वका बारेमा बिचार राख्नुभएको थियो । नेल्टा पर्वतका उपाध्यक्ष नवराज शर्माले स्वागत मन्तब्य राख्नुभएको तालिमको उद्घाटन सत्रको अध्यक्षता नेल्टा पर्वतका अध्यक्ष देव शर्माले गर्नुभएको थियो भने संचालन सूर्य भुषालले गर्नुभएको थियो ।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here