१ मंसिर पर्वतमा भएको वाम गठवन्धनको आमसभलाई संवोधन गर्न पर्वत आएका प्राण्डले हलो संग तर्सेका छन् । उनले शेरवहादुर देउवाले आपनो चूनाव चिन्ह रुख संग प्रतिस्प्रर्धा गर्न पाए पो हून्थ्यो कहांको हलो वोकेर आएका छन् भन्दै शेर वहादुर देउवाको कटाक्ष गरे । मलाई राजनेताको रुपमा दिएको उपाधी फिर्ता लिन आग्रह गर्दै हिजो प्रधानमन्त्री पद पाउदा मात्र राजनेता भन्ने कि अवको चूनावमा मलाई सहयोग गरि राजनेता वनाउने भन्दै चितवनको चूनावमा सहयोग गर्न घूमाउरो पारामा आग्रह गरे ।

उनी पर्वतको आमसभालाई संवोधन गर्दा पनि चितवनको हलोलाई संझेर झस्कनुले चितवनमा चूनाव हार्ने संभावना रहेको देखाउछ । उक्त निर्वाचनमा नेपाली काग्रेसको समर्थनमा राप्रपाका उम्मेदवार विक्रम पाण्डे मैदानमा छन् । पाण्डे यस भन्दा अगाडी पनि निर्वाचीत भईसकेका व्यक्ति हुन ।

स्थानिय तहको निर्वाचनमा भरतपूर नगरपालिकाको मेयर पदमा छोरी रेणु यादवलाई नेपाली कांग्रेसको समर्थनमा विजय गराउन सफल प्रचण्ड यस निर्वाचनमा भने कांग्रेसको कडा टक्करका विच मैदानमा रहेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here