३० कार्तिक पर्वत नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले अव देशको समृद्धिका लागी कम्यूनिष्ट गठवन्धनले मात्र मात्र विकास गर्ने धारणा राख्दै संयुक्त बाम गठबन्धन निर्वाचन परिचालन समिति पर्वतले कुस्माबजारमा आयोजना गरेको चुनाबीसभालाई सम्बोधन गर्दै उत्तर र दक्षिणका नाका खोलिएका कारण अब नेपालमा नाकाबन्दी लगायतका कार्यहर नहुने ।

बाम गठबन्धनले चुनाब जितेपछि देशमा वृद्धाहरुलाई ६० वर्ष पूगेपछि गोलीहान्छ भन्नेहरुका लागी वृद्धा भत्ताा दिएको उदाहरण पेश गर्दै नेपालमा स्थायी सरकार संचालनका लागी दुई पार्टी उककता गर्न लागेको वताए । अध्यक्ष ओलीले  उत्तर तर्फ खोलिएका नाकाहरु पुग्ने मोटरबाटो अब पक्की बनाएपछि उत्तर दक्षिणमा सहज ब्यापार वन्ने धारणा राखे ।
मध्येपहाडी लोकमार्ग पुरा भएपछि यस क्षेत्रको आर्थिक र सामाजिक क्षेत्रमा ठुलो परिर्वतन ल्याउँदै उनले काठमाण्डौ देखि पोखरा सम्म आउने रेललाई कुस्मा हुँदै बेनी पु-याउने बताए । ‘पोखरा सम्म आउने रेललाई कुस्मा हुँदै बेनी पु-याउने छौ’ उनले भने ‘यसका लागि केही बर्ष मात्रै लाग्छ’

उनले बाम गठबन्धनले मुलुकमा शान्ति, सुशासन, बिकास र सम्बृद्धि ल्याउने बताए । ‘देशले खोजेको लोकतन्त्र, शान्ति, बिकास, सुशासन र सम्बृद्धि सबै बाम गठबन्धनले दिन्छ’ उनले भने । कांग्रेसले विपीको समाजबाद विर्सीसकेको आरोप लगाउदै हीजोका कांगेस आजका छैनान् भने । छिट्टै पार्टी एकता गर्ने सन्देश दिनका लागी दुवै शिर्ष नेता एउटै मचमा उपस्थित भएको जानकारी दिए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरु विभाजित भएकै कारण प्रतिक्रियाबादी दक्षिणपन्थीहरुले देशमा ४० वर्ष राज गर्ने अबसर पाएको बताए । उनले इतिहासको नकरात्मक अध्यायको अन्त्य गरेर नव युगतिर नेपाललाई लैजाने कम्युनिष्टहरुको केन्द्र बनाउने संकल्पसहित बामपन्थीहरुको बलियो सरकार बनाउने उदेश्यका साथ बामगठबन्धन निर्माण गरिएको बताए ।

विगत ७० बर्षदेखि देशमा एउटा भूमरी कुनै पनि सरकार पाँच बर्षसम्म नचल्ने, नटिक्ने र नेपाली जनताको विकास र समृद्धिको चाहाना कछुवाको गतिमा जाने, ९,९ महिनामा सरकार परिर्वतन हुने सरकार बन्ने र गिर्ने नयाँ चक्रव्यूमा नेपाली जनता परेको भन्दै उनले देशलाई समृद्धितर्फ लैजानको लागि बामगठबन्धन भएको बताए ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here