३० कात्तिक, गोरखा । माओेवादी केन्द्रका नेता एवम् गोरखा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणकाजी श्रेष्ठ लक्षित गरी सुतली बम विष्फोट भएको छ ।

गोरखा नगरपालिका–१० को सिर्दी खोला नजिक गाडीमा हिँड्दै गर्दा बम विष्फोट भएको हो । घटनामा कुनै क्षति नभएको प्रहरीले जनाएको छ । अहिले प्रहरीको टोली घटनास्थलमा पुगेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here