३० कार्तिक पर्वत– लोकतान्त्रिक गठबनधनमा प्रवेश गर्नेहरुको लहर बढेपछि पर्वतमा बामगठबनधन सकसमा परेको छ । चुनावी अभियान लिएर मतदाताको घरघरमा पुगेको लोकतान्त्रिक गठबन्धनमा प्रवेश गर्नेहरुको संख्या ह्वात्तै बढेको छ ।
पार्टीमा प्रवेश गराउन प्रतिनिधी सभाका उम्मेदवार अर्जुनप्रसाद जोशी, प्रदेश क का उम्मेदवार नवराज गूरुड र प्रदेस सभा ख का उम्मेदवार राजेन्द्रप्रसाद तिवारीलाई नवप्रवेशी कार्यकर्ताहरुलाई भित्राउन भ्याइनभ्याई छ । मतदाताहरु धमाधम लोकतान्त्रिक गठबन्धनमा प्रवेश गर्ने थालेपछि बामगठबनधनको टाउको दुख्न थालेको छ । चुनावी अभियानका क्रममा पर्वतको फलेवास नगरपालिका, महाशिला गाउँपालिकाका र मोदी गाउपालिकाका विभिन्न वडामा पुगेका लोकतान्त्रिक गठबन्धनहरुको आर्कषण देखेपछि काँग्रेसी नेता तथा कार्यकर्ता उत्साहीत भएका छन् ।

बामगठबन्धनका प्रतिनिधीहरुले आफुहरुलाई संविधान सभाको निर्वाचन र स्थानियतहको निर्वाचनमा झूट्टा आश्वासन दिएको भन्दै समाज र मुलुकको नेतृत्व र विकासका लागि वामगठबनधनवाट सम्भाव नभएको उनीहरुको धारणा थियो ।
चुनावी अभियान अन्र्तगत मुडिकुवामा २ जना प्रवेश गरेका छन् । त्यस्तै बामबगठन्धनको बलियो गड मानिएको कार्कीनेटामा एक दर्जनभन्दा वढि युवा प्रवेश गरेका छ । प्रवेश गर्नेहरुमा ढाकाराम विश्वकर्मा, सन्तोष सुनार रसाईली, लिलादेवी सुनार, मायादेवी सुनार, उर्मिला पौडेल, जमुना सुनार, कुमार परियार, चन्द्रप्रसाद पाध्य, कृष्ण चपागाई, खिमवहादुर दर्जि रहेको दलित संघका अध्यक्ष यामपरियार‘शिव’ले जानकारी दिनुभयो । बामगठबन्धनका प्रतिनिधीहरुले आफुहरुलाई संविधान सभाको निर्वाचन र स्थानियतहको निर्वाचनमा झूट्टा आश्वासन दिएको भन्दै समाज र मुलुकको नेतृत्व र विकासका लागि वामगठबनधनवाट सम्भाव नभएको उनीहरुको धारणा थियो ।
त्यस्तै एमालेको गड मानिएको महाशिला गाउँपालिका –१ फलामखानीमा दुई दर्जन भन्दा बढि मतादाताहरु काँग्रेसमा प्रवेश गरेको तरुण दल महाशिलाका सचिव ठाकुर रसाईलीले जानकारी दिनुभयो । त्यस्तै कुर्घा, ठानामौला, लिमिठाना लगायतका वडामा ३ दर्जनभन्दा वढि मतादाताहरु प्रवेश गरेको नेपाली काँग्रेस फलेवास नगरपालिका संयोजक हिरामणी सापकोटाले जानकारी दिनुभयो ।
सदस्यता वितरण गदै नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधी सभाका उम्मेदवार अर्जुनप्रसाद जोशीले युवाहरुको भावना बुझेर काम गर्ने दिनुभयो । उहाँले पर्वतको मुख्य समस्या भनेको बेरोजगार भएको बताउँदै युवाहरुलाई क्षमता अनुसार रोजगार सृजना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रदेस सभा ख क्षेत्र नं। २ का उम्मेदवार राजेन्द्रप्रसाद तिवारीले युवाहरुको आगमनले आफुलाई हौसला थपेको बताउनु भयो । तपाईहरु ढुक्क हुनुहोस्,तिवारीले भने,‘हामी तपाईहरुलाई आश्वासन दिन्नौ , तर, जे बोल्छौ त्यो पुरा गछौ, ।’ उहाँले मुलुकमा बामगठबन्धनले साम्यवादी व्यवस्था ल्याउन खोजेको बताउँदै सवै मतदाताले लोकतन्त्रको पक्षमा रुख चिन्हमा मतदान गर्न आह्वान गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here