पर्वत–नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा बामगठबन्धनवाट प्रदेस सभा क का उम्मेदवार बनेका नेत्रनाथ अधिकारीले भोट नहाल्नेलाई कारवाही गर्ने बताएका छन् ।

रेडियो कुसुम सँग गरिएको कुराकानीमा अधिकारीले गोलाकार भित्रको हँसिया हथौडा र सुर्यलाई भोट नहाल्ने वामगठबन्धनका कार्यकर्ता र नेताहरुलाई कारवाही गर्ने बताए ।

जसले पार्टीको योजना,लाईन र विचार मान्दैन त्यो पाटीका सदस्य हुन सक्दैन, उनले भने–‘त्यस कारण भोट नहाल्ने कार्यकर्ता, र नेतालाई पार्टीको सदस्यता नरहने गरि निष्कासन गर्ने उनको दावी छ, ।’ बामगठबन्धन भित्र कहाँ कति मत खसे समिक्षा हुन्छ, जसले घात गर्छ त्यसलाई पार्टीवाट निष्कासन गरिन्छ, नेता अधिकारीले भने, ।

यदि घात भयो भनेनी ? भन्ने प्रश्नमा उनले, भनेका छन्,‘यदि कसैले घात ग¥यो भने, त्यसको जवाफ जसले जिम्मा लिएको छ, जो नेता छ, उसैले दिनुपर्छ,।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here